Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगश्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न सकिंदैन : निजी क्षेत्र

श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न सकिंदैन : निजी क्षेत्र


काठमाडौं, वैशाख २२
नेपालका निजी क्षेत्रले श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न नसकिने बताएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएकोले श्रमिकहरूलाई पूरा पारिश्रमिक भुक्तानी गर्न अप्ठ्यारो परेको बताएका हुन् ।

लकडाउनको कारण उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशतभन्दा बढी पारिश्रमिक भुक्तानी गर्न नसक्ने भन्दै निजी क्षेत्रले श्रमिकको पारिश्रमिकको सम्बन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न नसक्ने जनाएका छन् ।

श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्बन्धमा महासंघ, परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट गत वैशाख १० गते नेपाल सरकारसमक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखेर निर्णय गर्न सरकारलाई आग्रह समेत गरेका छन् । उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्बन्धमा गरेका निर्णयहरू पुनरवलोकन गर्ने व्यवस्थाका लागि निजी क्षेत्रले सरकारसँग अनुरोध गरेको छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया