थाहानगर उद्योग बाणिज्य संघको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित
हेटौडा ,मकवानपुर जिल्लाको एक मात्र अर्को उत्तरी क्षेत्रमा अवस्थित थाहानगरपालिकामा रहेको थाहा नगरउद्योग बाणिज्य संघको अध्यक्षमा
पुरुषोत्तम ढकाल निर्बिरोध निर्वाचित भएका छन्। लामो समय देखि व्यवसायीक पृष्ठभुमी भएका ढकाल पालुङ्ग जेसिसका संस्थापक अध्यक्ष पनि हुन्। यहि शुक्रबार भएको निर्वाचन प्रक्रियामा अरुको उमेदवारी नपरेपछि ढकाल सर्वसम्मतीले निर्वाचित भएका हुन् ।
यसगरी उद्योग र बाणिज्य सदस्य बाहेक अन्य पदाधिकारी पनि सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सस्थाको बिधान बमोजिम अध्यक्ष ,बरिष्ठ उपाध्यक्ष , उद्योग उपाध्यक्ष ,बाणिज्य उपाध्यक्ष ,बस्तुगत उपाध्यक्ष ,महासचिब ,कोषाध्यक्ष ,सह – कोषाध्यक्ष लगायतका पदमा प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान भएपनि भेलाले पदा धिकारीहरु सर्वसम्मतिले चयन गरेको छ। यसैगरी बरिष्ठ उपाध्यक्षमा शम्भु सिंह कार्की ,उद्योग उपाध्यक्ष सानुकाजी गोपाली ,बाणिज्य उपाध्यक्ष सुरेन्द्र मान प्रधान ,बस्तुगत उपाध्यक्ष राजेन्द्र बिडारी , महासचिबमा जर्मलाल श्रेष्ठ ,सचिबमा श्रीराम कार्की , कोषध्यक्षमा प्रदिप प्रधान सह-कोषाध्यक्षमा निरोज प्रधान ,बस्तुगत सदस्यमा सुबिन्द्रमान प्रधान र महिला बाणिज्य सदस्यमा यशोधा अधिकारीको मात्र उमेदवारी परेकोले निर्बिरोध निर्वाचित भएका हुन्।
उद्योग तर्फको ७ सदस्यमा ८ जनाको र बाणिज्य तर्फ ४ जनामा ५ जनाको उमेदवारी परेकोले छलफल गरि सर्वसम्मतिले टुंग्याईएको थियो। नवनिर्वाचित अध्यक्ष ढकालले निर्वाचीत गराउन सहयोग गर्ने सम्पूर्णमा आभार ब्यक्त गर्दै देशकै राजधानी काठमाण्डौ र बागमती प्रदेशको राजधानी हेटौडाबाट छोटो दुरीमा रहेको यो क्षेत्रमा भौगोलिक हिसाबले प्रचुर सम्भावना रहेकोले पर्यटन प्रवर्धन गर्ने आफ्नो प्रमुख लक्ष रहेको बताए।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया