बीवाईडी शीर्ष १० अटोमोबाइल ब्रान्ड बन्न सफल
काठमाडौं । न्यु इनर्जी भेहिकल निर्माता कम्पनी बीवाईडी शीर्ष १० अटोमोबाइल ब्रान्ड बन्न सफल भएको छ । मर्सिडिज बेन्ज समूह र बीएमडब्लुलाई पछि पार्दै बीवाईडी पहिलो पटक बिक्रीको आधारमा विश्वका १० ठूला कार कम्पनीहरूमा सामेल भएको छ ।
बीवाईडीको विश्वव्यापी नयाँ गाडीको बिक्रीमा २०२३ को पहिलो छ महिनामा ९६ प्रतिशतले वृद्धि भएर १२ दशमलव पाँच लाख एनईभीमा पुगेको छ । यसले १० औँ स्थान प्राप्त गरेको हो । बीवाईडीले अगस्टमा दुई लाख ७४ हजार तीन सय ८६ सवारीहरू बेचेको रेकर्ड राखेको छ । कम्पनीले लगातार चौथो महिनाको लागि आफ्नो मासिक डेलिभरी रेकर्ड तोडेको हो । कम्पनीले जारी गरेको आफ्नो पहिलो आधा वर्षको रिपोर्टमा दुई सय ६० दशमलव १२ बिलियन युआन (३५ दशमलव ६६ बिलियन डलर) आम्दानी गरेको देखिएको छ, जुन ७२ दशमलव ७२ प्रतिशतले बढेको हो ।
कम्पनीका अनुसार अटो मेकिङ र सम्बन्धित व्यवसायबाट मात्रै आम्दानी दुई सय आठ दशमलब ८२ बिलियन युआन पुगेको छ । जुन वार्षिकरूपमा ९१ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बीवाईडीले प्रगतिको श्रेय कम्पनीको उत्पादन नवाचार र औद्योगिक शृङ्खलामा ठूलो लगानीलाई दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया