लिट्मस केबल्सको इकोवायर–जेडएच
काठमाडौं । लिट्मस केबल्सले जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–जेडएच सार्वजनिक गरेको छ । कम्पनीले एक समारोहका बीच सार्वजनिक गरिएको हो ।
ह्यालोजनमुक्त इकोवायर–जेडएच नेपालको विद्युतीय उद्योगमा कोशेढुङ्गाको रूपमा रहनुका साथै यसले उच्च कोटीको सुरक्षा दिने बताइएको छ । नवीनतम प्रविधियुक्त इकोवायर–जेडएचले आगलागीको जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा योगदान पु-याउने बताइएको छ । इकोवायर–जेडएच सार्वजनिक कार्यक्रममा लिट्मस इन्डस्ट्रिज लिमिटेड प्रबन्ध निदेशक रोहित गुप्ताले इकोवायर–जेडएच नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार भएको दाबी गरे । यस्तै, उनले ग्राहकको माग र सुरक्षालाई आत्मसात गरी नयाँ–नयाँ प्रविधि तथा नवीनतम उत्पादनहरू बजारमा ल्याउने प्रतिबद्धता जनाए ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस इकोवायर–जेडएचको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकले यो उत्पादनलाई विश्वास गर्ने बताए ।
इकोवायर–जेडएच नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खिया नलाग्ने र पर्यावरणमैत्री शून्य ह्यालोजन भएको तार रहेको कम्पनीको दाबी छ । आगलागी हुँदा इकोवायर–जेडएचले न्यूनतम धुवा उत्पादन गर्ने पनि कम्पनीले दाबी गरेको छ । जसले सुरक्षित निकासी र उद्धार टोलीद्वारा तीव्र उद्धार गर्नमा मद्दत गर्ने बताइएको छ । यसको आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्ने, नियन्त्रण र सुरक्षा बढाउने कम्पनीको भनाइ छ । साथै, यो तार जनमैत्री, पर्यावरणमैत्री, र ओजोनमैत्री पनि रहेको कम्पनीको दाबी छ ।
ह्यालोजन–फ्री फायर रेडिएसनकोे अद्वितीय संरचनाले आगोको समयमा संरचनात्मक विशिष्टता सुनिश्चित गर्दै विषाक्त धुवाँ र खतरनाक ग्यासहरू कम गर्ने बताइएको छ । परम्परागत तारहरू भन्दा ईकोवायर–जेडएच ९० र १८० मी बक्स प्याकहरूमा उपलब्ध हुने बताइएको छ । आगो लाग्दा यसमा कम धुवाँ तथा उत्सर्जनका कारण यो सबैखाले प्रयोजनका लागि उचित रहेको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया