Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोर्स अरबानीया नेपालमा सार्वजनिक गरिने

फोर्स अरबानीया नेपालमा सार्वजनिक गरिने


काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले अरबानीया माइक्रो बसको अनावरण गर्ने भएको छ ।

भारतमा अत्यधिक माग रहेको मानिने फोर्स कम्पनीको अरबानीया माइक्रो बसको नाडा अटो सोमा अनावरण तथा बुकिङ्ग खुला गरी बिक्री वितरण शुभारम्भ गरिने कम्पनीले जनाएको छ । यस बस नेपालमा आयातित माइक्रोबसमध्यमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको छ भने कारजस्तै आरामदायी र सुविधासम्पन्न रहेको कम्पनीको भनाइ छ । विशेषतः पर्यटन तथा होटल व्यवसायी, टुर्स एन्ड ट्राभल्स, ठूला कम्पनीहरू, कूटनीतिक निकायहरू, सरकारी तथा गैरसरकारी संस्थाका लागि यो माइक्रोबस उपयुक्त हुने कम्पनीको दाबी छ । यो माइक्रोबस विश्वप्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

अरबानीया सुरक्षाका दृष्टिकोणले सम्पूर्ण रेटिङहरूमा अब्बल मानिएको छ । ड्युल एअर ब्यागयुक्त यस गाडीमा एरोडाइनामिक क््रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्किन बडी कन्सट्रक्सन, स्टाइलिस डीआरएल हेड ल्याम्प, न्यु ट्रान्सफर लिफ, ट्रिपल ए÷सी सिस्टम, अलराउण्ड भिजिबिलिटी स्क्रिन, टेलिसकोपिक स्टेरिङ, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दुवैका लागि चार्जिङ पोर्टको व्यवस्था रहेको छ । यस्तै, यसमा सेन्ट्रलडोर लकिङ विथ रिमोट किलेस इन्ट्री, हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर स्टेरिङ कोलुमजस्ता अत्याधुनिक विशेषहरू समेत यस बसमा रहेका छन् । साथै, यसमा लेटेस्ट जेनेरेसनको एबीएस तथा ईएसपीजस्ता अन्य आधुनिक सुरक्षा प्रणाली समेत जडान भएको छ ।

आकर्षक र सुविधा सम्पन्न माइक्रोबस भएकाले एकपटक यात्रा गरेपछि पुनः यात्राका लागि रोजाइमा पर्ने कम्पनीको दाबी छ । स्लाइडिङ डोरसहितको तीन ढोकायुक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् । यस गाडीमा ठूलो सिङ्गल विन्डो रहेकाले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । यस बसको सुरुवाती मूल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो मूल्य केही समयको लागि मात्र लागू हुने समेत कम्पनीले जानकारी गराएको छ । साथै, नाडा अटो सोमा बुकिङ गर्नेका लागि आकर्षक छुट सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया