नाडा अटो सोमा निसानको गाडी खरिद गर्दा आठ लाखसम्म छुट
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले नाडा अटो सोमा निसानको गाडी खरिद गर्दा आठ लाख रुपैयाँसम्म छुट दिने भएको छ । कम्पनीले निसानका गाडीमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजनामार्फत सो छुट दिने जनाएको छ ।
यो योजना निसानका सबै गाडीहरू निसान म्याग्नाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रायलमा लागू हुने कम्पनीले जनाएको छ । पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार नाडा अटो सो तथा सँगै आउने चाडपर्वको अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधिभर लागू हुने कम्पनीले जनाएको छ ।
यस्तै, योजनाअन्तर्गत ग्राहकले ‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधाहरू समेत पाउने बताइएको छ । निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क तीन वर्षको सडक कर(रोड ट्याक्स), निःशुल्क तीन वर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने फाइदाबाट ग्राहकहरू लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया