सेरेस मिनी ईभी १३ लाख ९९ हजारमा पाइने
काठमाडौं । सेरेसको मिनी ईभी नेपालमा १३ लाख ९९ हजार रुपैयाँमा पाइने भएको छ । नेपालमा सेरेस कारहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मिनी ईभी रेन्जका मूल्यहरू घोषणा गरेको हो । कम्पनीका अनुसार यी ईभीहरू नाडा अटो–सोमा सार्वजनिक गरिएको छ ।
१८० किलोमिटर बेस अप्सन भेरियन्टको मिनी ईभी १३ लाख ९९ हजार रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ । मिनी ईभीको यो भेरियन्टले आफ्नो बजेटमा कुनै कमी नगरी विद्युतीय गतिशीलता अँगाल्न खोज्नेहरूका लागि किफायती प्रवेशविन्दु प्रदान गर्ने बताइएको छ । साथै, यो मूल्य सीमित स्टकको लागि मात्र उपलब्ध रहेको कम्पनीको भनाइ छ । यसैगरी १८० किलोमिटर फूल अप्सन भेरियन्टको मिनी ईभीको मूल्य भने १६ दशमलव ४९ लाख रुपैयाँ तोकिएको छ । यस भेरियन्टले अतिरिक्त सुविधाहरू र प्रविधिको साथ उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया