उपकरण बिग्रँदा हेटौँडा सिमेन्टको उत्पादन बन्द
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन बिहीबार बिहानदेखि बन्द भएको छ । हेटौँडा सिमेन्ट उद्योगका नायब महापबन्धक नवीनकुमार कर्णले आगामी ३–४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।
उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ताअघि मात्रै पुनः सिमेन्ट उत्पादन सुरु गरिएकामा फेरि प्राविधिक समस्या आउँदा सिमेन्टको उत्पादन बन्द गर्नुपरेको उद्योग प्रशासन महाशाखाका अधिकृत शत्रु अर्यालले जानकरी दिए ।
उद्योगमा अहिले पर्याप्त मात्रामा कोइला र चुनढ्ङ्गा जगेडामा राखिएको छ । उद्योग व्यवस्थापनले अहिले दैनिक १० हजार बोरा सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया