शाओमीको ‘फेस्टिभ अफर’
काठमाडौं । नेपालमा चाडपर्वको सिजन सुरुवात भएसँगै शाओमीले विशेष चाडपर्वको अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘चाडपर्वको मुड, अफर टु गुड’ नामक अफर योजना सार्वजनिक गरेको हो । यस अफरअन्तर्गत स्मार्टफोन खरिदमा दुई हजार रुपैयाँसम्मको छुट पाइने कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार अफरले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । अफरअन्र्तगत रेड्मी ए २ र ए २ प्लस खरिदमा रेडमी इयरफोन निःशुल्क पाइनेछ बताइएको छ । रेड्मी १२ सी को खरिदमा एक हजार रुपैयाँ छुट पाइने कम्पनीको भनाइ छ । यस्तै, रेड्मी नोट १२ र रेड्मी नोट १२ फाइभजीको खरिदमा एक हजार पाँच सय रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ । यसैगरी रेड्मी नोट १२ प्रो फाइजी र पोको एक्स ५ प्रो फाइभजीको खरिदमा दुई हजार रुपैयाँ छुट पाइने बताइएको छ । शाओमी नेपालले नेपालका सबै स्मार्टफोन प्रेमीहरूलाई आफ्नो मोबाइल चलाउने अनुभव अपग्रेड गर्ने यो सुनौलो अवसर उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया