दुई दिनमा फर्निचर एक्स्पोमा १७ हजारले गरे अवलोकन
काठमाडौं । राजधानीमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा दुई दिनमा १७ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा चलेको एक्स्पो ‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिमका साथ सुरु भएको आयोजकले जनाएको छ।
इन्द्रजात्राको अवसरमा भएको बिदाका कारण पनि एक्स्पोमा सहभागीको भीड लागेको आयोजकको भनाइ छ । एक्स्पोमा सञ्चालित खुला बजारमा पनि उपभोक्ताको चहलपहल धेरै देखिएको आयोजकको भनाइ छ ।
फर्नेक्स २०२३ को आयोजक संघका महासचिव सञ्जय लामाका अनुसार बिहीबार मात्र १० हजारभन्दा धेरैले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पो सुरु भएको दिन बुधबार पनि सात हजारले अवलोकन गरेका थिए । आगामी आइतबारसम्म चल्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको लामाले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया