सीजी नेटको ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन
काठमाडौं । सीजी कम्युनिकेसन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर इ–सेवासँग सहकार्य गर्दै आफ्नो दशैं क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ । कम्पनीले दशैं र क्रिकेट विश्वकपलाई दृष्टिगत गर्दैै ह्याट्रिक दक्षिणा क्याम्पेन सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, योजनाअन्तर्गत कम्बो छुटको रूपमा ३२ हजार आठ सय ५९ रुपैयाँ पर्ने ४३ इन्चको स्मार्ट टीभी, तीन महिनाका लागि सीजी नेट र आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्ने छन् । यो वास्तविक मूल्यको आधा हो ।
त्यसैगरी ३२ इन्चको स्मार्ट टीभी २२ हजार छ सय ४४ रुपैयाँमा खरिद गर्दा तीन महिनाका लागि सीजी नेट र आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्ने छन् । सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफरअन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, उपभोक्ताले इ–सेवाका माध्यमबाट सीजी नेटका प्याकेजहरू खरिद गर्दा पाँच सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- भ्रष्टाचारको चास्नीमा डुबुल्की मार्ने कर्मचारीहरूको नाममा
- ‘हिंंसा’ शब्दमाथि संसदीय बहस निरर्थक
- पेट्रोलियम इन्धनको भाउ घट्यो
- एक वर्षमा भ्रष्टाचार मुद्दामा एक हजार पाँच सय ५४ प्रतिवादी साढे आठ अर्ब बिगो दाबी
- बैंक खाता रोक्का र फुकुवासम्बन्धी नयाँ व्यवस्था
- सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन
- नयाँसडकको पेटी विस्तार बालेनको लहड कि बाध्यता ?
- ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया