Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवामा सुधार

सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवामा सुधार


काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ । यससँगै यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरूले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम यी स्थानहरूका फोरजी सेवामा थप सुधार गरेकोे हो । देशका अन्य स्थानहरूमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । हाल फोरजी सेवा सुधार गरिएका स्थानीयस्तर तथा क्षेत्रहरूमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन् । त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन् ।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताबमोजिम एनसेलले जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको कम्पनीले जनाएको छ । कुल जनसंख्याको ९२ दशमलव शून्य नौ प्रतिशत जनतामाझ यो सेवा पुगेको कम्पनीको दाबी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ । भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्यांकको आधारमा एनसेलको बजार हिस्सा ५४ दशमलव शून्य छ प्रतिशत रहेको कम्पनीको भनाइ छ । सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया