Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआज बजेट कार्यान्वयनको अर्धवार्षिक र मौद्रिक नीतिको समीक्षा गरिदैँ

आज बजेट कार्यान्वयनको अर्धवार्षिक र मौद्रिक नीतिको समीक्षा गरिदैँ


काठमाडौं । सरकारले समग्र अर्थतन्त्रको अर्धवार्षिक समीक्षाको तयारी गरेको छ । आज सोमबार दिउँसो साढे ३ बजे अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गर्ने भएको हो ।

साउनदेखि पुस मसान्तसम्मको सरकारी आय व्ययको खाता ४८ अर्ब ४६ करोडले घाटामा देखिएको छ । २०८० पुस मसान्तसम्म पाँच खर्ब १८ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको सरकारले खर्च (बजेट कार्यान्वयन)तर्फ पाँच खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

तथापि, सरकारी खर्च र आम्दानी लक्ष्यअनुरुप हुन नसक्दा अर्धवार्षिक समीक्षामार्फत दुबै लक्ष्य परिमार्जन गर्ने तयारी सरकारले गरेको छ । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड अनुमानित बजेट ल्याएको सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ । यो लक्ष्य पूरा हुन नसक्ने देखेपछि सरकारले राजस्वको र खर्चको दुबै लक्ष्य र सीमा पुनरावलोक गर्ने तयारी गरेको हो ।

त्यसैगरी, आजै राष्ट्र बैंकले समेत मौद्रिक नीतिको समीक्षाको तयारी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकले सोमबार बेलुका सञ्चालक समितिको बैठक डाकेको छ । सञ्चालक समितिबाट प्रस्तावित अर्धवार्षिक समीक्षा पारित भए सम्भवत आज नै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा समेत सार्वजनिक हुने जानकारी दिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया