Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफागुनमा ‘डिजिटल कर्णाली’ कन्क्लेभ हुँदै

फागुनमा ‘डिजिटल कर्णाली’ कन्क्लेभ हुँदै


काठमाडौं । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा आगामी फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । आयोजकका अनुसार दुई दिने उक्त कन्क्लेभमा ४० बढि राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरुको सहभागिता हुनेछ ।

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० बढि विज्ञ र सरोकारवालाहरु वत्ताको रुपमा रहने जनाइएको छ । कन्क्लेभमा अन्य ६ प्रदेशहरुबाट पनि सम्बन्धित मन्त्री र सचिवहरुलाई निमन्त्रणा गरिने छ । सुर्खेत, विरेन्द्रनगरस्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघीय सरकार, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहने जनाइएको छ ।

कन्क्लेभमा चार वटा महत्वपूर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेका छन । यसैगरी, नेतृत्वमा रहेका बिशिष्ट व्यक्तिहरुको पावर संवाद सेसन पनि समावेश छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमताको कुराहरुबाट कार्यक्रमको सुरुवात हुनेछ भने डिजिटल रुपान्तरणको प्रतिवद्धता र टेकअवेको रुपमा कार्यक्रमलाई समापन गरिनेछ ।

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक संस्थाहरुले जानकारी दिएका छन । दुई दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको प्रतिवद्धता छ । राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानीय उत्पादन, कृषी, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्न पनि कन्क्लेभले जोड दिनेछ । नेत्तृत्वमा बस्ने र नीति निर्माणमा पनि डिजिटल बुझाईको ग्याप रहेको हुदा कन्क्लेभले डिजिटल साक्षरतामा पनि जोड दिने मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका संस्थाहरुलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ । शिक्षा, स्वास्थ, कृषी, पर्यटन, उर्जालगायतका क्षेत्रहरुमा प्रविधिको प्रयोग मार्फत भइरहेका सकरात्मक प्रयासहरुलाई कन्क्लेभमा स्टल र छोटो भिडियो प्रस्तुतीको लागि अवसर प्रदान गरिनेछ । डिजिटल कर्णालीको लागि नयाँ आइडिया र भइरहेका इनिसिएटिभहरु वेबसाइट डिजीटककर्नाली डट ओआरजी मार्फत बुझाउन सकिनेछ ।

आइसिटी फाउण्डेसन डिजिटलाइजेसन र डिजिटल रुपान्तरणको अभियानमा काम गरिरहेको संस्था हो । संस्थाले विगत तीन वर्षदेखि सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम गर्दै आएकोमा यस वर्ष कर्णालीमा भने विशेष कार्यक्रमको रुपमा क्न्क्लेभको आयोजना गर्न लागेको हो ।

विगत दुई वर्षदेखि डिजिटल नेपाल कन्क्लेभको आयोजना गरिरहेको फाउण्डेसनले अब प्रदेश सरकारहरुको सहकार्यमा प्रादेशिक कन्क्लेभ पनि सुरुवात गरेको हो । फाउण्डेसनले यस वर्षको डिजिटल नेपाल कन्क्लेभ बैशाख अन्तिम साता गर्ने तयारी गरेको छ ।

कर्णाली प्रदेश सरकारको दोस्रो योजना र वार्षिक विकास कार्यक्रममार्फत डिजिटल कर्णालीका प्राथमिकता निर्धारण गरि कार्य गर्न यो कन्क्लेभ महत्वपूर्ण सावित हुने विश्वास गरिएको छ । यस कन्क्लेभलाई सफल पार्न आयोजकले कर्णालीवासीलगायत सरोकारवाला मन्त्रालयले आह्वान गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया