Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीका एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धकको नेपाल भ्रमण

बीवाईडीका एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धकको नेपाल भ्रमण


काठमाडौं । वीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाबले हालै नेपाल भ्रमण गरेका छन् । बीवाईडीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जुलियाबले मे ४ देखि मे ६ सम्म नेपाल भ्रमण गरेका हुन् ।

जुलियाबले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत विशेष भेटवार्ता गरेका थिए । उनले नेपाल भ्रमणको सुरुवात कम्पनीको नक्साल, काठमाडौं र पुल्चोक, ललितपुरमा रहेको शोरुमको अवलोकनबाट गरेका थिए । यी स्थानहरूमा लिउले व्यक्तिगतरूपमा १४ वटा सवारी साधनहरू पठाएका थिए । यस्तै, टोलीले काठमाडौंको गुहेश्वरीमा रहको सर्भिस सेन्टरको पनि भ्रमण गरेको थियो ।

उक्त टोली कम्पनीको नेपालमा आधिकारिक वितरक रहेको सिमेक्स इन्क प्रालिले आयोजना गरेको बीवाईडी एसिया प्यासिफिक नेपाल रणनीति शिखर सम्मेलनमा भाग लिन नेपाल आएको थियो । कम्पनीले मे ५, २०२४ मा काठमाडौंमा सो शिखर सम्मेलनको आयोजना गरेको हो । यो शिखर सम्मेलनमा जुलियाबले प्राविधिक नवाचार र ग्राहक–केन्द्रको लागि कम्पनीको दृढ रहेको प्रतिबद्धता दोहो¥याएका थिए । साथै, उनले सन् २०२२/२०२३ मा ६० प्रतिशतभन्दा बढी ईभी नेपाल प्रवेश गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे । भ्रमण टोलीमा जुिलयाबसहित गिलियन ली, कम्पनीको यात्रुवाहक सवारी कार्यालयका निर्देशक ज्याभी वांग, उत्पादन प्रबन्धक कैसी के, कानुनी प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाब रहेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया