Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्फिनिक्सद्वारा नोट ७ सिरिज नेपालमा सार्वजनिक

इन्फिनिक्सद्वारा नोट ७ सिरिज नेपालमा सार्वजनिक


काठमाडौं ।
इन्फिनिक्सले नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । कम्पनीले विविध विशेषतासहितको नोट ७ को अर्को संस्करण (६ जीबी र १२८ जीबी)लाई नेपालमा सार्वजनिक गरेको हो । यसको मूल्य २३ हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले यस फोन तीनवटा कलरसहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध रहेको जानकारी दिएको छ । कम्पनीका अनुसार लामो समयको प्रतीक्षापश्चात् इन्फिनिक्सको नोट ७ बजारमा भित्रिएको हो । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतीक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो ।

यस इन्फिनिक्स नोट ७ मा ४८ एमपी क्वाइड लो लाइट क्यामरा रहेको छ । समय र यसको मागअनुरुप इन्फिनिक्सले आफ्नो फोनको क्यामरा र भिडियोलाई परिमार्जित गरी अझ स्तरीय बनाएको छ । उच्चस्तरीय क्यामराको साथै यस फोनमा हाई स्पिड हेलियो जी७० प्रोसेसर, पाँच हजार मेगाहर्ज ठूलो ब्याट्रीसहित इन्फिनिटी ओ डिस्प्ले रहेको छ । बहुमुखी ४८ मेगा फिक्सल क्वाईड क्यामेरा र लो लाइट क्यामरा टेक्नोलोजी भएकोले नै यो फोन बिक्रीको मुख्य कारण रहेको जनाइएको छ ।

इन्फिनिक्स नोट ७ प्रतिको माग र आवश्यकता ग्राहकहरुका रुचाइप्रति कम्पनीले आभार प्रकट गरेको छ । कम्पनीको अनुरुप आउने दिनहरुमा सेवालाई अझ प्राथमिकता दिई ग्राहकहरुलाई विश्वसनीय सेवा दिन कुनै कसर नछोड्ने जानकारी दिएको छ । विविध उच्चस्तरीय सेवा उपलब्ध यस फोनमा ग्राहकहरुले कुनै सम्झौताविना थोरै मूल्यमा धेरै सुविधा प्राप्त गर्नेछन् । फोटोग्राफीमा विशेष रुचि भएका ग्राहकहरुका लागि यस फोनले सोचेभन्दा बढी प्रतिफल दिने विश्वास लिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया