Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो टिकटक र फेसबुकका आकर्षक थप ननस्टप प्याक

एनसेलले ल्यायो टिकटक र फेसबुकका आकर्षक थप ननस्टप प्याक


काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नन्स्टप अफरहरुअन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ । ‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार देखि सञ्चालनमा आएको एनसेलले जनाएको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन् । ग्राहकले मात्र २५ रुपैयाँ (करसहित ३१.९२ रुपैयाँ) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले मात्र ३ सय ६० रुपैयाँ (करसहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफूले लिएको प्याकको समयसिमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन् । यति मात्र नभई, यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

एनसेलको फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स१ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार ननस्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत आफुलाई मन पर्ने प्याक सुचारु गर्न सक्छन् ।

नन्स्टप अफरअन्तर्गत लोकप्रिय एपमा आधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याकहरुले फोरजी ग्राहकहरुलाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा नन्स्टप पहुँच प्रदान गर्ने भएकाले ग्राहककालागि यसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

ननस्टप अफरहरुअन्तर्गत एनसेलले सात दिनको समयसीमा रहेको ननस्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र एक सय रुपैयाँ (करसहित रु १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक एक सय ५० रुपैयाँ (करसहित रु १९१.५४) मा प्रदान गर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा चार जीबी र ३० दिनको प्याकमा छ जीबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनस पाउँदै आएका छन् ।

साथै सात दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्ने ग्राहकका लागि विशेष थप योजना पनि रहेको छ । यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन पाँच सय एमबीको दरले सात दिन सम्म मात्र २० रुपैयाँ (करसहित मात्र २५.५४) मा तीन हजार पाँच सय एमबी थप फोरजी डेटा लिन सक्छन् ।

उक्त डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनको लागि प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया