बुटवलमा पनि महिन्द्राका ‘एक्सयूभी–३००’
काठमाडौं, पुस १३
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले महिन्द्राको स्पोर्ट्स यूटिलिटी भेहिकल (एसयूभी) ‘एक्सयूभी–३००’ काठमाडौं र गण्डकी प्रदेशपश्चात् बुटवलमा पनि बिक्रीवितरण सुरु गरेको छ । ‘एक्सयूभी–३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
समारोहमा बोल्दै अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले एक्सयूभी ३०० प्रदेश–५, बुटवलमा उपलब्ध गराउन पाउँदा उत्साहित भएको बताए । अग्नि ग्रुपका स्थानीय बिक्रेता लोक सुशीला अटो कन्सर्न प्रालि बुटवलका प्रबन्धनिर्देशक लोकहरि श्रेष्ठका अनुसार, महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिडसाइज एसयूभी हो । महिन्द्राको नयाँ एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ ।
कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले प्रदेश–५, बुटवलमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ । यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुस स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । यो एक्सयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अप्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रुपैयाँ र डब्लु ८ (अप्सनल) वर्गका लागि ५६ लाख ५० हजार रुपैयाँ त्यस्तै डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ, डब्लु ६ वर्गका लागि ४५ लाख रुपैयाँ, डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार रुपैयाँ र डब्लु ८ (अप्सनल) वर्गका लागि ५७ लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो एसयूभी ६ रंगहरू एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भरमा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० मा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया