Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवाको ‘उत्सवको वहार, हप्तैपिच्छे उपहार’ योजनाको विजेता घोषणा

इ–सेवाको ‘उत्सवको वहार, हप्तैपिच्छे उपहार’ योजनाको विजेता घोषणा


काठमाडौं ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इ–सेवााले दशैँ, तिहार र छठलाई लक्षित गर्दै सार्बजनिजक गरेको ‘उत्सवको वहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका विजेता घोषणा गरिएको छ । उपहार योजनाअन्तर्गत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सफल भएका छन् ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गोलाप्रथाबाट विजेता सार्वजनिक गरिएको हो । योजनामा सहभागी अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसीडीसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भएका छन् । मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए ।

सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इ–सेवा डटकम डट एनपी र इ–सेवााको फेसबुक पेजमा सार्वजनिक गरिएको छ । यस उपहार योजनामा इ–सेवााले मिसिओ, मिनिसो, केकेफसी, टीएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो ।

इ–सेवााबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया