
काठमाडौं ।
नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफरस्वरुप उपलब्ध गराइएको हो । यो अफर पुस १ देखि कार्यान्वयनमा आइसकेको कम्पनीले जनाएको छ ।
एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नति गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक तीन सय एमबी डाटा उपलब्ध गराइनेछ । त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक सीपीई र एक सय मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुनेछ । यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारमको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।
यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नेछन् । एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत स्टार१४१६ह्याक्स डायल गरी प्राप्त निर्देशनबमोजिम प्रतिदिन ३ सय एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ । यो डाटा टुजी/थ्रीजी/फोरजी सबै नेटवर्कमा चौबीसै घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ ।
मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन तीन सय एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जसरी नै मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् । हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिँदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्छ ।
यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस लगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध छ । एफटीटीएच–जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउनेछन् ।
यस अफरमा दैनिक तीन सय एमबीपीएस डाटा (प्रचलित मूल्य वार्षिक रुपमा १० हजार रुपैयाँभन्दा बढी), निःशुल्क पाइने सीपीई (प्रचलित मूल्य दुई हजार आठ सय २५ रुपैयाँ) र एक सय मिटर ड्रप फाइबर (प्रचलित मूल्य एक हजार रुपैयाँ) गरी कुल १३ हजार रुपैयाँभन्दा बढी रकमबराबरको सहुलियत प्राप्त हुनेछ । एफटीटीएचमार्फत हाल तीव्र गतिको डाटा सेवा र भ्वाइस सेवा उपलब्ध भइरहेको कम्पनीको भनाइ छ । निकट भविष्यमा कम्पनीले आईपीटीभी सेवा उपलब्ध गराएपश्चात् यो सेवा थप लोकप्रिय हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
- सिटिजन्स बैंकका ग्राहकहरूलाई सुप्रिम क्याफे एन्ड लाउन्जमा विशेष छुट
- सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक
- टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा
- रिम्याक अटोमोबिलीका मेट, जसले विद्युतीय हाइपर कार बनाउँछु भन्दा मानिसहरु हाँस्थे
- सडक निर्माणमा मोदी सरकारले कीर्तिमान बनायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया