पोखरामा टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक
काठमाडौं, पुस १८
टीभीएस मोटर कम्पनीले टीभीएस एनटर्क १२५ रेस एडिसन बिहीबार पोखरामा सार्वजनिक गरेको छ । यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।
स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ ले टीभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टीभीएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेस, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाझ निकै लोकप्रिय बन्न पुगेको बताए । यसको आकर्षक एपिरियन्स र टीभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टीभीएस एनटर्क १२५ को हलमार्क बनेको उनको भनाई थियो । यो स्कुटर टीभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो । यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो । जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक शाहिल अग्रवालले टीभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको बताए ।
रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्ने उनले बताए । टीभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ । टीभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेसल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
- कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
- गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया