महासंघ र सनराइज बैंकबीच सम्झौता
काठमाडौं, पुस २१
मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंक लिमिटेडबीच आइतबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । महासंघकी अध्यक्ष भवानी राणाको उपस्थितिमा सहमतिपत्रमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरेका हुन् ।
महासंघ र सनराइज बैंक बीचको सहमतिअनुसार महासंघमा आबद्व उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाइदा, कर्जासँग सम्बन्धित जानकारीमूलक कार्यक्रमका साथै विशेषतः महिलाहरूको उद्यमशीलता तथा महिला सशक्तीकरणका लागि सहुलियतपूर्ण कर्जाको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
सहकार्यबाट महिला उद्यमशीलता विकासमा थप सहयोग पुग्नुका साथै यस्ता अभिमुखिकरण कार्यक्रमको माध्यमबाट महासंघसँग आबद्ध संघ/संस्थाका उद्यमीहरूमाझ बैंकिङ पहुच पुग्ने विश्वास लिइएको छ । अभिमुखीकरण कार्यक्रममा आयात तथा निर्यात व्यापारको वस्तुस्थितिका साथै सो वापत प्राप्त हुने अनुदानबारे पनि जानकारी गराइनेछ ।
सहमतिपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष राणाले सनराइज बैंक र महासंघबीचको सहकार्य महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरी मुलुकभित्र उद्यमशीलता विकास गर्ने कार्यमा कोशेढुंगा हुने बताइन् । आर्थिक रूपमा महिला सशक्त नभएसम्म मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै अध्यक्ष राणाले महासंघ र बैंकबीचको यो सहकार्यले महिलाको आर्थिक सशक्तीकरणमा सहयोग पु-याउने बताइन् ।
कार्यक्रममा महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र महासंघका महानिर्देशक धरणीधर खतिवडाले सहमतिपत्रमा उल्लेख भएका बुँदाहरूलाई अक्षरशः पालना गरी बैंकिङ पहुंच पुग्न नसकेका ठाउँका महिलाहरूको आर्थिक सशक्तीकरणमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए । सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले महासंघसंगको सहकार्यबाट आफूहरू निकै उत्साहित भएको बताइन् ।
उनले केही वर्षअघि पनि महासंघसँग यस्तै सहकार्य भएको स्मरण गर्दै उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाइदा, कर्जासँग सम्बन्धित जानकारीमूलक सूचनाहरूलाई लक्षित वर्गसम्म पु¥याई लाभान्वित बनाउनु नै कार्यक्रमको प्रमुख ध्येय भएको स्पष्ट पारिन् । कार्यक्रममा महासंघको सामाजिक सेवा समितिका सभापति जयप्रसाद सिवाकोटी, महासंघ र सनराइज बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया