Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएमजीको स्टाइलिस एसयूभी ‘एचएस’को नेपालमा बुकिङ खुल्ला

एमजीको स्टाइलिस एसयूभी ‘एचएस’को नेपालमा बुकिङ खुल्ला


काठमाडौं ।
नेपालको लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ । अल न्यु स्टाइलिस एसयूभीको रुपमा बजारमा आउनलागेको एमजी एचएस निकै सुरक्षित एसयूभी हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार विशेषतः सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पूरा गरेको एचएसमा अगाडि ड्युल र साइड कटन एयरब्याग दिइएको छ ।

कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रयापसहितको पानारोमिक सनरुफ, छ तरिकाबाट आफूअनुकूल बनाउन सकिने ड्राइभिङ सिट, चार तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुवै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यु मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन् ।

साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ । जसमा एप्पलका र प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्विल र पूर्णतया लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुवैलाई प्रिमियम बनाएको छ । एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६ सय आरपीएममा १५२ पीएस पावर र १७ सयदेखि ४४ सय आरपीएममा २५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा सात स्पिड डीसीटी गियरबक्स उपलब्ध छ ।

यसलाई नेपाल ल्याएको अवसर पारेर कही समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गर्न लागेको हो । विभिन्न तीन कलर भेरियन्टमा यसलाई ग्राहकले किन्न सक्नेछन् । जसमा कालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन् । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो सातासम्ममा डेलिभरी दिइनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया