Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक

टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक


काठमाडौं ।
टीभीएस मोटर कम्पनीले मार्भल्स अभेन्जर्सबाट प्रेरित टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टीभीएस एनटर्क १२५को एक विशेष सुपरस्क्वाड संस्करण सुरु गरेको हो ।

सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो संस्करणले उत्पादनको डिजाइनमार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सूक्ष्म भेदहरू ल्याउँछ ।

टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजानिक कार्यक्रममा टीभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले टीभीएस एनटर्क१२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिङ प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीले नयाँ जेनेरेसनका ग्राहकहरू उत्साहित भएको बताए ।

टीभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्ने उनको भनाइ छ । जेएमपीएलका प्रबन्धनिर्देशक शाहिल अग्रवालले टीभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाइएको स्कूटर भएको बताए । नयाँ टीभीएस एनटर्क१२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रिय टीभीएस एनटर्क१२५को लागी ‘वाहुफ्याक्टर’ सिर्जना गर्ने उद्देश्य राखेको उनको भनाइ थियो । सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए’ स्पष्ट रूपमा फ्रन्टप्यानल, लेग शिल्ड, र स्पिडोमिटर मुनि राखिएको छ ।

स्टिल्थ ब्ल्याक : ब्ल्याक प्यान्थरबाट प्रेरित यो संस्करण पर्पलको विविध रङको साथ जेट ब्लयाक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू छन् । सरगमीहरूका लागि थुप्रै सरप्राइजहरू ल्याउँदै यसले वकान्डाको सदावहार सिग्नेचर सलुट र उक्त क्यारेकटरको मार्भल युनिभर्समा सुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया