चार लेनको पुलले जोडेपछि महाकाली पारि बढ्न थाल्यो आर्थिक क्रियाकलाप

महेन्द्रनगर ।
महाकाली नदीमा पुल बनेपछि नदीपारिका दोधारा–चाँदनी क्षेत्रमा आर्थिक गतिविधि बढेको छ । विगतमा दोधारा चाँदनीमा गाडी जाने सहज पुल नहुँदा विभिन्न अभाव झेल्नुपरेको थियो । तर, सडक सञ्जालले जोडिएपछि भने आर्थिक गतिविधिको लागि पनि बाटो खोलिदिएको छ । जिल्लाको महाकाली नदी पारि रहेको दोधारा–चाँदनी क्षेत्र विकासको दृष्टिकोणले निकै पछाडि छ ।
नगरपालिका क्षेत्रदेखि सदरमुकाम क्षेत्रमा आवातजावत गर्नको लागि मौसमी सडक समेत नभएका यहाँका स्थानीयलाई महाकाली नदीमा चार लेनको पक्की पुल बनेसँगै सहज भएको हो । नदीमा पुल बनेपछि दोधारा चाँदनीका स्थानीय पनि सोझै सदरमुकामसँग जोडिन पाएका छन् । महाकाली चार लेनको पुल निमार्णको ६० प्रतिशत निर्माणको काम सकिएको छ ।
यस्तै स्थानीयलाई निर्माणाधीन पुलबाटै आवातजावत गर्न पनि सहज भएको छ । स्थानीय तर्कराज भट्टले मानव बस्ती बसेको दुई दशकपछि पुल निर्माण भएको बताए । उनले घर किनारमै एउटा किराना पसल पनि राखेका छन् । किराना पसल राखेका उनलाई दैनिक सदरमुकाम आवतजावत गर्न सहज भएको छ ।
महाकाली पारिको दोधारा चाँदनी क्षेत्र भारतीय सीमा क्षेत्रसँग जोडिएको छ । भारतसँग जोडिएकोले दोधारा चाँदनीका स्थानीय किनमेल र औषधोपचारका लागि भारततिर जाने गरेका थिए । सो क्रममा सीमामा भारतीय सुरक्षाकर्मीको दुव्र्यवहारसमेत खेप्दै आएका थिए । पुल निर्माण भएपछि स्थानीयलाई भारतीयको ज्यादती खेप्नुपर्ने बाध्यता समेत हटेको छ ।
महाकाली नदीमा पक्की पुलको निर्माणपछि सडक सञ्जालसँग जोडिएको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आर्थिक गतिविधि पनि बढ्दै गएको छ । नगरपालिका क्षेत्रका स्थानीय प्रत्यक्ष रुपमा सदरमुकाम महेन्द्रनगर तथा सडक सञ्जालसँग जोडिएपछि विभिन्न उद्योग स्थापना र आर्थिक लगानी गर्ने क्रम बढेको छ । महाकाली पारिको क्षेत्र भएकोले नेपाली नम्बर प्लेटका नेपाली मालवाहक गाडीहरुको दृश्य पनि दुर्लभ हुने गरेकोमा अहिले भने दिनहुँ दोधारा चाँदनी क्षेत्रमा सामान बोकेर नेपाली गाडी आउने गरेका छन् ।
आर्थिक गतिविधि बढेसँगै नदीपारिका नागरिकलाई उच्च शिक्षाको लागि सदरमुकाम क्षेत्रसँग जोडिनको लागि पनि सहज भएको छ । विगतका दिनमा माध्यमिक शिक्षादेखि उच्च शिक्षा हासिल गर्नको लागि दोधारा चाँदनी नगरपालिका क्षेत्रका विद्यार्थीले सदरमुकाममा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यता थियो ।
यस्तै दोधारा चाँदनी क्षेत्रका स्थानीय राजेन्द्र मल्लले पनि भौगोलिक कारण पछाडि परेको क्षेत्र पुल निमार्णका कारण अगाडि बढ्न लागेको बताए । ‘भूगोलका कारण पछाडि परेको क्षेत्र आर्थिक रुपमा एकदमै धराशायी भएको अवस्था थियो’, स्थानीय मल्लले भने, ‘उत्पादनका लागि राम्रो मानिने यो क्षेत्रमा पछिल्लो सयम आर्थिक गतिविधि बढेको छ ।’
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- बैंकस्तरीय कारोबार रकममा गिरावट
- १२.४९ प्रतिशतले बढ्यो व्यापारघाटा ११ खर्बको, आयात हुँदा ९० अर्बको निर्यात व्यापार
- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते
- मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी
- आवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया