Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस नेपालमा

हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस नेपालमा


काठमाडौं ।
हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक गरेको छ । हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एस प्लस दुई भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन् ।

कम्पनीका अनुसार १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी प्रविधि तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी प्रविधि रहेका छन् । १.२ लिटर पेट्रोल इन्जिनको ८३ पीएस/६००० आरपीएमको पावर रहनेछ भने तथा १.० टर्बो पेट्रोल इन्जिनमा १२० पीएस/६००० आरपीएमको पावर रहनेछ । बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो वर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्युले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको कम्पनीको भनाइ छ ।

हुन्डाई भेन्यु स्मार्ट शार्क फिन एन्टिना, ट्रन सिग्नल भएका विद्युत्ले मिलाउन सकिने रियर मिरर, इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सुसज्जित छ । यसको आर१५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यू १.२ एस प्लस मा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जसअन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेकटसहितको एलईडी डिआरइल लाइट विशेष छन् ।

इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसनको साथ हुन्डाई भेन्यु आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिन्छ । सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो इन्धन दक्षता र मजाको ड्राइभिङ अनुभव गर्न पाइन्छ । उत्कृष्ट यात्राको अनुभव गराउन यी दुवै भेन्युमा रियोस्ट्याटसहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राइभर रियर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् ।

यी भेन्युहरुका थप विशेषताहरुमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेट्रिक्ससहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रियर एसी भेन्ट रहेको छ । कम्पनीका अनुसार १.२ एस प्लसको सुरुवाती मूल्य ४४ लाख ५६ हजार रुपैयाँ र आईएमटीको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ कायम गरिएकोे छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया