Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबालाजु माछापोखरी बुद्धमलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा

बालाजु माछापोखरी बुद्धमलमा रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा


काठमाडौं ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउँदै ‘रश्मिलाज् फेसियल हाउस’ले बिहीबार बुद्ध मलमा तेस्रो शाखा खोलेको हो । उक्त शाखाको निर्देशक दिनेश डिसी, पत्रकार ऋषि धमला र नायिका अनु शाहले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बुद्ध मलको शाखाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकी सञ्चालिका रश्मिला श्रेष्ठले जानकारी दिइन् । रश्मिलाज फेसियल हाउसको सुन्धारास्थित काठमाडौं मल र गोंगबुस्थित बिजी मलमा अलग–अलग शाखा छन् ।

रश्मिलाज फेसियल हाउस काठमाडौंमा मलमा सबैभन्दा पहिला स्थापना भएको थियो । रश्मिलाज फेसियल हाउसका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले बुद्ध मलको तेस्रो शाखाले गुणस्तरीय सेवा दिने बताए । रश्मिलाज् फेसियल हाउसले काठमाडौं उपत्यकामा कम्तीमा दश वटा शाखा स्थापना गर्ने योजना बनाएको उनको भनाइ छ । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्यसम्बन्धी विशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिँदै आएको छ ।

सम्पूर्ण सुविधासम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् । यहाँ महिला र पुरुष दुवैका लागि फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया