Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजग्दम्बा सिमेन्टद्वारा निर्माणविज्ञसँग विशेष भेटघाट

जग्दम्बा सिमेन्टद्वारा निर्माणविज्ञसँग विशेष भेटघाट


काठमाडौं ।
जग्दम्बा सिमेन्टले निर्माणविज्ञहरुसँग विशेष भेटघाटको आयोजना गरेको छ । निर्माणविज्ञहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुनसक्ने भन्दै जग्दम्बा सिमेन्टले दोलखाको सदरमुकाम चरीकोटमा ४५ भन्दा धरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखलगायतसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

‘तपाईंको सुरक्षामा साथ छ, जगदम्बा सिमेन्टको’ भन्ने मूल नारालाई आत्मसात् गर्दै संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माणसम्पन्न गर्नुपर्ने कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रस्ट पारे ।

विज्ञसँगको परामर्श, कुश लजनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्रनिर्माण दिगो हुने कुरा कम्पनीका उपमहाप्रबन्धक यवम् इन्जिनियर सुनिल पौडेलले बताए । भूकम्प प्रतिरोधात्मक निर्माण विधि हाम्रोजस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको भन्दै कम्पनीले यस्ता जनचेतनामूलक कार्यक्रम नेपालका अन्य सहरहरुमा पनि गर्दै जाने कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक मधुर रिजालले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया