Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोदरेजको नयाँ उत्पादन भिरोशिल्ड बजारमा

गोदरेजको नयाँ उत्पादन भिरोशिल्ड बजारमा


काठमाडौँ ।

गोदरेल अप्लाएन्सेसले नेपाली बजारमा गोदरेल व्राण्डको नयाँ उत्पादन भिरोशिल्ड सार्वजानिक गरेको छ । यसको बिक्री वितरण नै सुरु भइसकेको उक्त ब्रान्डको आधिकारिक बिक्रेता सीजी ईओएलले जनाएको छ ।महामारीको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै कम्पनीले २ देखि ६ मिनेटमा कोभिड निःसंक्रमण गर्न क्षमतावान् भिरोशिल्ड नेपालमा भित्र्याएको हो ।

यसमा खाद्यान्न, फलफूल, डेरी उत्पादन, प्याकेज खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, ससाना उपहार, मोबाइल, ट्याबलेट, वालेट, पर्स, स्वर्णगरगहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेसनरी सामान, कागजातलाई निःसंक्रमण गर्न सकिन्छ । नेपाली बजारमा ३० लिटर क्षमतामा भिरोशिल्ड उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले प्रमाणीकरण गरेको कम्पनीको भनाइ छ । गोदरेजका सिंगल डोर रेफ्रिजेरेटर, डबल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजरजस्ता घरायसी सामग्री रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया