Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखड्कालाई स्कुटर उपहार

खड्कालाई स्कुटर उपहार


काठमाडौँ ।
‘वाइवाइ जिङ’ तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रियुगा नगरपालिका, गाईघाट ११ का विनोद कुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन् । सीजी फुड्सको ‘जिङमा जित उपभोक्ता उपहार योजना’ कार्यक्रमअन्तर्गत खड्काले उक्त स्कुटर प्राप्त गरेका हुन् । मंगलबार सीजी फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्केलगायतको टिम गाईघाट पुगेर पुरस्कार वितरण गरेका थिए ।

लुइँटेलसँगै भर्खरै सम्पन्न ’वाइवाइ मिस उदयपुर’ दोस्रो सिजनकी विजेता निष्मा राउतले विजेतालाई स्कुटरको चाबी हस्तान्तरण गरेका थिए । लुइँटेलले विजेतालाई बधाई दिँदै ’यो उपहार मात्रै नभएर उपभोक्तालाई सहज जीवनयापन गर्नको लागि कम्पनीले यो एक किसिमको सहुलियत प्रदान गरेको बताए । यस्तै लुइँटेलले उपभोक्ताको अत्यधिक मागका कारण यो योजनाले अझै निरन्तरता पाउने समेत जानकारी गराए । कार्यक्रममा कम्पनीका प्रदेश १ सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्केले सीजी फुड्सद्वारा उत्पादित वाइवाइ जिङ चाउचाउको जिङमा जित उपहार योजनाअन्तर्गत उपभोक्ताहरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साईकल, साईकल, स्पिनिनर, लुडो लगायत हात खाली नजाने उपहारहरु जित्न सकिने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया