Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोरङ उद्योग संगठनलाई नाडाबाट स्वागत

मोरङ उद्योग संगठनलाई नाडाबाट स्वागत


काठमाडौं, माघ १
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाकै सचिवालयमा मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डललाई स्वागत गरेको छ । यही २०७६ फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने विराट एक्स्पो २० एग्रो एण्ड इन्टरनेशनल एक्जिविसनको प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधि मण्डललाई नाडाले स्वागत गरेको नाडाले जनाएको छ ।

आफनै सचिवालयमा स्वागत गर्दे अध्यक्ष दुलालले नाडालाई देशव्यापी बनाउन पहल भइरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्स पूर्वमै स्थापना भएको, लुब्रिकेण्टस उद्योगहरु पनि धेरै पूर्वमै स्थापना भएको बताए । अब पनि अटोमोबाइल उद्योग स्थापना गर्नका लागि उद्योग सङ्गठन मोरङ्गले पहल गरोस भन्ने इच्छा व्यक्त गरे ।

सोहि छलफल तथा भेटघाट कार्यक्रममा मोरङ्ग उद्योग संङ्गठनका अध्यक्ष भीम घिमिरेले अध्यक्ष दुलाललाई निर्विरोध निर्वाचित भएकोमा बधाई दिँदै उनको नेतृत्व ऐतिहासिक होस् भन्ने कामना पनि गरे । उनले उद्योग व्यवसायको खस्किँदो अवस्थालाई उठाउन नाडाले आवश्यक पहल गर्नुपर्ने बताए । अटोमोबाइल व्यवसायको प्रवद्र्धन र सम्वद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ । सोही छलफलमा विराट एक्स्पो २० एग्रो एण्ड इन्टरनेशनल एक्जिविसनका संयोजक भोलेश्वर दुलालले सो एक्स्पोबारे जानकारी दिँदै उक्त प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा निमन्त्रणा समेत गरे ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्यसमिति सदस्य मिलनबाबु मल्ल, निलमणि पाठक, ध्रुव थापा, शुभाशिष थपलिया र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो । त्यसैगरी मोरङ्ग उद्योग सङ्गठनको प्रतिनिधि मण्डलमा अध्यक्ष भीम घिमिरे लगायत भोलेश्वर दुलाल, सुयस प्याकुरेल, सुबोध कोइराला तथा चुँडामणि भट्टराई समेतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया