Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा रियलमी ८ सार्वजनिक

नेपालमा रियलमी ८ सार्वजनिक


काठमाडौं ।
स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्यातिप्राप्त सिरिज हो । यो सिरिज तीन वर्षको अवधिमा छवटा जेनेरेसन अपग्रेड र तीन करोड ३० लाख बिक्रीका साथ मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ ।

रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्ग फिचरहरुका साथ बजारमा ल्याइएको छ । साथै ८ एमपीको ११९ डिग्री वाइड एंगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्ससहित चार क्यामेरा ट्रेन्डसेटिङका नयाँ फिचर छन् । टिल्ट–शिफ्ट मोडले वास्तविक दुनियाँलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्द दिनसक्छ ।

यसैगरी नयाँ स्तारी मोडले स्योरफायर ब्राइटनेसमा देखिने समस्या र फोटोमा आउने दानाहरु कम गरी गुणस्तरलाई सुधार गर्दछ । यसैगरी रियलमी ८ मा नियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँ एआई प्रोट्रेट र अन्य शैलीगत फिचरहरु रहेका छन् । १६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटी, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड रहेका छन् । दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ । यसैगरी यूआईएस म्याक्स भिडियो स्टेबिलाइजेसनले स्थिर र स्मुथ चलायमान भिडियो खिच्न सहयोग पु-याउँछ ।

रियली ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेकोे छ । यसमा सधैँ डिस्प्ले बल्ने र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इन–डिस्प्ले सेन्सरको पनि प्रयोग गरेको छ । डिस्प्लेमा १०८० पी एफएचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पलिंग रेट प्रयोग भएको छ । सनलाइट मोडले एक हजार निट्ससम्मको ब्राइटनेस समर्थन गर्दछ । डिस्प्लेमा आँखाको सुरक्षाको डीसी–लाइक डिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकरको प्रावधान छ । साथै यसमा ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ, जसले यसमा रहेको पाँच हजार एमएएच ब्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्नसक्छ । यसको चार्जरमा पाँच आयाम सुरक्षा प्रविधिले चार्जिङलाई पूर्णतया सुरक्षित बनाउँछ ।

रियलमी ८ मा रहेको पाँच हजार एमएएच ब्याट्री ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टासम्म टिक्नसक्छ । यसमा रहेको सुपर पावर सेभिङ्ग मोडले पाँच प्रतिशत मात्र रहँदा पनि दुई दिनसम्म टिकाउन सक्छ । यसमा विभिन्न एप क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य ब्याट्री अप्टिमाइजेसन फिचर्स छन् । यसबाट ओटीजी केवलमार्फत अन्य फोन र स्मार्ट डिभाइजलाई चार्ज गर्न समेत सकिन्छ ।

रियलमी ८ ले ट्रेन्डी अनन्त बोल्ड डिजाइनलाई प्रयोग गरेको छ । यो फोन दुई रङ्ग साइबर सिल्भर र साइबर ब्लाकमा उपलब्ध छ । केबल १७७ ग्राम तौलको रियलमी ८ मात्र ८ मिलिमिटरभन्दा कम मोटाइको छ । साथै यसमा हेलियो जी ९५ गेमिङ्ग प्रोसेसिङ छ, जसमा दुईवटा ठूला ए७५ कोर र छवटा साना ए५५ कोरको प्रयोगले स्पीड २.०५ गेगाहर्ज प्रदान गर्दछ र क्वाड–कोर मालि–जी ७६ जीपीयूले गेम खेल्न थप क्षमतावान् बनाउँछ । कपर लिक्विड कुलिङ्ग प्रविधिले कुलिङ प्रभावकारितालाई रियलमी ७ को तुलनामा १४.४ प्रतिशत वृद्धि गरेको छ । आठ जीबी -याम र १२८ जीबी स्टोरेजसहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया