Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोटलहरूका लागि ‘सत्कार’ सफ्टवेयर एप्लिकेसन बजारमा

होटलहरूका लागि ‘सत्कार’ सफ्टवेयर एप्लिकेसन बजारमा


काठमाडौं ।
द पिक हस्पिटालिटीले होटलहरूका लागि ‘सत्कार’ सफ्टवेयर एप्लिकेसन बजारमा ल्याएको छ । कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरूले चाहेर पनि यात्रा गर्न नसक्दा र सामाजिक सुरक्षाको कारण बेला–बेलामा भइरहेको बन्दाबन्दीले गर्दा ठूलो लगानी भएका होटलहरूदेखि रेष्टुरेन्टहरूसम्म बन्द छन् । त्यसको मार लगानीकर्ताहरूलाई परेको छ । यस जोखिमबाट पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत दिनको लागि द पिक हस्पिटालिटीले उक्त एप्लिकेसन सञ्चालनमा ल्याएको हो ।

कोभिडको संक्रमण विस्तार मूलभूत रुपमा शारीरिक निकटताले हुन्छ । पर्यटकहरू होटलमा जाँदा बुकिङ गर्नेदेखि रुपमा चेकइन गर्ने, फुड एण्ड वेभरेज अर्डर गर्नेलगायतका काम गर्न सातवटा टच प्वाइन्ट विभिन्न टच प्वाइन्ट हुन्छन् । अल्टिमेट सोलुसन्सले होटलमा बस्न जाँदा कतै छुनु नपर्ने (टच फ्रि) अनुभव हुने गरी यो सत्कार एप्लिकेसन विकास गरेको हो । पर्यटकहरूको लागि आगामी दिनमा सुरक्षा नै आराम भन्ने मूलमन्त्रलाई सम्बोधन गरी यो एप विकास गरिएको छ ।

यो सिस्टमलाई बिक्री तथा बजार प्रवर्द्धनको काम पिक हस्पिटालिटी आफैँले गर्नेेछ । म्यानुअल टच प्लाइन्टलाई हटाएर डिजिटल तरिकाले काम गर्ने गरी विकास गरिएको एपले होटलको फ्रन्ट अफिस, मानव संसाधन, वित्त, स्टोर, सुरक्षा, हाउस किपिङ, फुड एण्ड बेभरेज, इन्जिनियरिङलगायतका सबै डिभिजनहरूलाई एउटै एपमा एकीकृत गर्छ । मोबाइलमै होटल बुकिङदेखि चेक इन गर्न, ढोका खोल्न, खानाहरू अर्डर गर्न, एसी चलाउन, टिभी खोल्न कुनै कुरा अर्डर गर्न वा स्विच थिची राख्नुपर्दैन ।

चेक आउट गर्न फोन वा रिसेप्सनमा लाइन लागेर पर्खिनुपर्दैन । यी सबै काम मोबाइल एप्लिकेसनबाटै होटलको ग्राहक आफैँले गर्नसक्छ । यो एप्लिकेसन चलाउन निकै सजिलो छ । सुरक्षाको सबै उपायहरू अपनाएकाले सुरक्षित छ । होटललाई म्यानुअलबाट डिजिटल बनाउन मद्दत गर्छ । होटल क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरूको परामर्शमा यो एप्लिकेसन विकास गरिएको हो । अहिलेसम्म विभिन्न वेब एप्लिकेसनमार्फत होटलको बुकिङ गरेपछि सबै काम होटलको काउन्टरदेखि ग्राहक कर्मचारीले म्यानुअल्ली काम गर्नुपथ्र्यो ।

सत्कार एपमार्फत ग्राहकले सेल्फ बुकिङ, सेल्फ अर्डर गर्न सक्छ । ग्राहकले क्युआरमार्फत ढोका खोलेर होटलको कर्मचारीको सहयोगविना आफ्नो रुममा प्रवेश गर्नसक्छ । सत्कार एप नन स्टारदेखि फाइभ स्टार होटलसम्मका लागि उपयोगी हुने गरी विभिन्न भर्र्सनहरूमा उपलब्ध छ । यस एपलाई होटलले आफ्नो अनुकूल हुने गरी मोडिफाइ गरेर प्रयोग गर्नसक्छ । यसलाई होटलको आवश्यकताअनुसार बदल्न सकिन्छ ।

यस एपले पर्यटकको सुरक्षालाई सुनिश्चित गर्छ । होटलहरूको सञ्चालन खर्च घटाउँछ । यसले मानवीय त्रुटिलाई घटाउँछ । सबै कुरा स्वचालित रुपमा हुने भएकाले होटलको जनशक्तिसमेत घट्नेछ । कागजी कामलाई यसले प्रतिस्थापन गर्नेछ । आन्तरिक राजस्वले प्रमाणित गरेको बिलिङ प्रणाली यसमा एकीकृत गरिएको छ । होटलको बिल ग्राहक स्वयंले निकाल्न सक्छ । नेपालमा विकास भएको यो एप विश्वव्यापी रुपमा हस्पिटालिटी उद्योगका लागि उपयोगी हुने गरी डिजाइन गरिएको छ ।

कोभिडको महामारी विश्वव्यापी रुपमा होटल क्षेत्रले व्यहोरेकाले यस एपको माग विदेशमा समेत उत्तिकै हुने एप विकासकर्ता कम्पनीको दाबी छ । नेपाली प्रोडक्टका रुपमा विदेशमा समेत यसले बजार लिने अपेक्षा छ । द पिक हस्पिटालिटीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन र मार्केटिङ गर्ने योजना बनाएको छ । सत्कार एप सार्वजनिक गरिएको अवसरमा यसको प्रवद्र्धनका लागि सफ्टवेयर एप्लिकेसन भारी छुटमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया