Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘मेरो स्कूल’को छुट अफर

‘मेरो स्कूल’को छुट अफर


काठमाडौँ ।
एस्ट्रिक टेक्नोलोजीले विस्तार गरेको डिजिटल लर्निङ्ग प्लाटफर्म, ‘मेरो स्कूल’को छुट अफर सार्वजनिक भएको छ । कोभिड १९ को महामारीको बीच कम्पनीले आफ्ना प्याकेजहरुमा भारी छुट उपलब्ध गराउने भएको हो । ‘मेरो स्कूल’ले आफ्ना विभिन्न प्याकेजहरुमा २० देखि ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ ।

डिस्काउन्ट अफरअन्तर्गत मेरो स्कूल’ले कक्षा ८, ९ र १० को तीन महिने कोर्समा २० प्रतिशत छुट गरी एक हजार आठ सय ९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ भने छ महिनाको प्याकेजमा ३० प्रतिशत छुट गरी तीन हजार दुई सय ९९ रुपैयाँ र एक वर्षको कोर्समा ४८ प्रतिशत छुटसहित चार हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

यस्तै, सिभिल इन्जिनियरिङ्गतर्फ पनि विभिन्न कोर्सहरुमा ५५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ भने इलेक्ट्रिकल इन्जिनियरिङ्गतर्फ समेत विभिन्न कोर्समा ४० प्रतिशतदेखि ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ । कोभिड १९ महामारीका कारण विद्यार्थीहरु लामो समयका लागि विद्यालयको शिक्षाबाट वञ्चित भएका विद्यार्थीको लागि एस्ट्रिक टेक्नोलोजीले डिजिटल लर्निङ्ग प्लाटफर्म, मेरो स्कुल, सार्वजनिक गरेको थियो ।

कोभिड १९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्युसन तथा कोचिङ पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरेको कम्पनीले जनाएको छ । ‘पढाइको नयाँ फण्डा’ स्लोगनसहित सार्वजनिक भएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग पु-याउँदै आएको छ । यस डिजिटल लर्निङ्ग प्लाटफर्ममा नेपाल सरकारको पाठ्यक्रममा आधारित आठ हजारभन्दा धेरै भिडियोहरु पाउन सकिन्छ । यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया