Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबानेश्वरमा सिम्बोलिक फेसन वेयरको दोस्रो आउटलेट

बानेश्वरमा सिम्बोलिक फेसन वेयरको दोस्रो आउटलेट


काडमाण्डौँ,माघ ६

बानेश्वरमा सिम्बोलिक फेसन वेयरले आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ । नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतले शुक्रबार नयाँ बानेश्वरमा रहेको आउटलेटको उद्घाटन गरेका हुुन् । सिम्बोलिक फेसनको पहिलो आउटलेट वैशाख १ देखि मैतिदेवीमा सञ्चालनमा रहेको छ । सिम्बोलिक फेसनको दुवै आउटलेटहरुमा महिला, पुरुष तथा बच्चाहरूको लागि चाहिने विभिन्न ब्रान्डका कपडा, जुत्ता तथा एसेसरिजहरु उपलब्ध छन् । साथै नाइक, एडिडास, रिबुुक, इर्की जस्ता उच्च गुणस्तरका ब्राण्डेड जुत्ताहरुको कलेक्सन समेत उपलब्ध छ । उक्त स्टोरका सामानहरु स्टोरका साथसाथै कम्पनीको अफिसियल फेसबुक पेज तथा इन्स्टाग्राममार्फत अनलाइनबाट समेत खरिद गर्न सकिनेछ भने देशैभर घरैमा बसीबसी अर्डर गरी घर–घरमा डेलिभरी दिने सेवा समेत उपलब्ध छन् । साथै क्यास अन डेलिभरी विभिन्न बैंकमार्फत भुक्तानी एवं इ–वालेट इ–सेवा, आईएमई पेबाट समेत अनलाइन खरिदमा भुक्तानी गर्नसक्ने कम्पनीका सीईओले बताएका छन् । आगामी दिनमा सिम्बोलिक फेसनको इ–कमर्स पोर्टल सिम्बोलिक फेसन डटकमबाट समेत घरैमा बसी बसी सामान खरिद गर्न सक्नेछन् । साथसाथै कम्पनीले गत शुक्रबारदेखि आगामी माघ १७ गतेसम्म १५ दिनको लागि ‘ग्रान्ड ओपनिङ फेस्ट’ मनाउने भएको छ ।

यस अवधिभरि आउटलेटमा उपलब्ध सम्पूर्ण सामानहरुमा २५ प्रतिशत ग्रान्ड ओपनिङ छुट दिने घोषणा गरेको छ । साथै कम्पनीले सामाजिक सञ्जाल फेस बुुक, इस्टाग्राममार्फत चेक–इन गर्नेहरूको लागि अतिरिक्त पाँच प्रतिशत छुट कुपन प्रदान गरिने र उक्त कुपन कम्पनीको दुवै आउटलेटमा प्रयोग गर्न सकिने बताएको छ । यसबाहेक, कम्पनीले दैनिक, साप्ताहिक, र मेगा लकी ड्रको पनि घोषणा गरेको छ । लकी ड्रमा भाग लिन ग्राहकहरूले कम्तीमा दुई हजार रुपैयाँ मूल्यबराबरको सामानहरू खरिद गर्नुपर्नेछ । दैनिक भाग्यशालीको छनोट प्रत्येक दिन अपराह्न ८ः३० बजे फेसनको अफिसियल फेसबुक पेजबाट फेसबुक लाइभमार्फत घोषित गरिने कम्पनीले जनाएको छ । दैनिक लकी ड्रको विजेताले कम्पनीको कुनै पनि आउटलेटहरूमा अन्य सामान खरिदमा ४० प्रतिशत फ्ल्याट छुट पाउनेछन् । साप्ताहिक लकी ड्रका दुई विजेताहरूको माघ १० र माघ १७ मा घोषण गरिनेछ । विजेताहरूले एमआई ब्याण्ड ४ प्राप्त गर्नेछन् ।
त्यसैगरी मेगा लकी ड्रको तीन विजेता माघ १७ मा घोषणा गरिने र पहिलो विजेताले ३२ इन्चको भिडियोकन एलईडी टिभी, दोस्रो विजेताले कोवट नोभा स्मार्ट मोबाइल र तेस्रो विजेताले पाँच हजार रुपैयाँको गिफ्ट भौचर पाउने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया