Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराउन्ड टेबल र कान्ति बाल अस्पतालबीच सम्झौता

राउन्ड टेबल र कान्ति बाल अस्पतालबीच सम्झौता


काठमाण्डौँ,माघ ७
कान्ति बाल अस्पतालको निष्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई सुचारु गरी सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झैताअनुरुप काठमान्डौं जिल राउन्ड टेबल २२ (राउन्ड टेबल नेपालको अंश) ले छ जना स्वयसेवकलाई लाग्ने खर्च व्यहोर्ने गरी उक्त सेवा पुनः सञ्चालन गरीने छ ।

रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाहरुका लागि महत्वपूर्ण विषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधारण र खास गरी बच्चाहरुलाई हित गर्ने विश्वास लिइएको छ । यसका साथ साथै राउन्ड टेबल नेपालले अस्पताललाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्नेछ । गत अक्टोबर २०१९ मा पुनः सञ्चालनमा ल्याइएको यस ब्लड बौंकले आजसम्म करिब दशौं हजार बालबालिकाहरुको हित गरेको छ


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया