Techie IT
×
गृहपृष्ठकर्पोरेट‘टाटा दशैं बम्पर लक्की ड्र’ उपहार विजेता घोषणा

‘टाटा दशैं बम्पर लक्की ड्र’ उपहार विजेता घोषणा


काठमाण्डौँ,माघ ७
टाटा मोटर्स नेपालको आधिकारिक बिके्रता सिप्रदी टे«डिङ्ग प्रालिले दशैं बम्पर लक्की ड्रको उपहार विजेताहरुको घोषणा गरेको छ । टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरुसहित योजनाको उक्त लक्की ड्रको गत शुक्रबार विजेता घोषणा गरेको हो । कम्पनीले यसअघि बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा पुस २१ गते लक्की ड्रको कार्यक्रम आयोजना गरिएको थियो ।

देशैभरबाट कुल एक हजार सात सय ३२ जना ग्राहकहरुले उक्त लक्की ड्रमा सहभागिता जनाएका थिए । यसमध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ । कुल विजेतामध्ये १३ जना ग्राहकहरुले एलजीको ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको आठ किलो क्षमताको वासिङ्ग मेसिन, १३ जनाले सामसुङ्गको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ इन्च फोर के इन्टरनेट टिभी र सात जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् । उक्त कार्यक्रममा ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया