Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोर्खाको लाप्राकमा बन्यो नमूना बस्ती

गोर्खाको लाप्राकमा बन्यो नमूना बस्ती


काठमाण्डौँ,माघ ७
गैरआवासीय नेपाली संघ (एनआरएनए)को सक्रियतामा भूकम्पपीडितको लागि गोर्खाको लाप्राकमा निर्माणाधीन एनआरएन नमूना बस्तीको निर्माणकार्य सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघले सोमबार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको जनाएको हो । गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोर्टमा सम्पन्न संघको ७१औँ बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले नेपालमा लगानी, काठमाडौंमा बन्दै गरेको सार्वजनिक शौचालय, लाप्राक परियोजना, नेपाल भ्रमण वर्ष २०२० लगायतका विषयमा जानकारी दिए ।

पन्तले संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको सम्पूर्ण काम सकिएको जानकारी दिए । उनले भने, ‘अहिले लाप्राक पूर्णरुपले हिउँले छोपिएको छ, हिउँ पग्लेपछि बाँकी रहेको काम गरेर हस्तान्तरण गर्छौँ ।’ गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोर्टमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृढीकरणका साथै आगामी कार्ययोजनाबारे बृहत् छलफल भएको संघ महासचिव डा. हेमराज शर्मा जनाएको छ । संघले सम्मेलनमार्फत १४ बुँदे निर्णयहरु सार्वजनिक गरेको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मुलुकबाट आएका संघका आईसीसी पदाधिकारी, आईसीसी सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जना सहभागी भएको संघले जनाएको छ । संघले काठमाडौं महानगरपालिकाबीच नमूना सार्वजनिक शौचालय निर्माण गर्ने सम्झौता भएअनुसार उक्त कार्य अघि बढाउन बैठकमा सहभागी सदस्यहरुबाट ४० लाख रुपैयाँ सहयोग संकलन गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया