Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसन् २०२२ सम्म नेपालको उत्कृष्ट २ मा पर्ने रियलमीको लक्ष्य

सन् २०२२ सम्म नेपालको उत्कृष्ट २ मा पर्ने रियलमीको लक्ष्य


काठमाडौं । रियलमीले नेपालमा आफ्नो बजारीकरण अझ सशक्त पार्दै उत्कृष्ट श्रेणीका उत्पादनहरु प्रस्तुत गर्ने घोषणा गरेको छ ।

कम्पनीले सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट २ मा पु-याउने लक्ष्य लिएको समेत जनाएको छ । स्थानीयकरण र नवीनता मुलमन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रुपमा लिएको हो । आफ्नो मुख्य रणनीतिस्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरु नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पु-याउने तयारी गरेको छ ।

नेपाली बजारको लागि रियलमीले शंकर ग्रुपका साथ सहकार्य गर्ने भएको छ । शंकर ग्रुप नेपालका साथ विश्वका विभिन्न भागका बहुक्षेत्रमा परिचित नाम हो । शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनहरुको पहुँच र पकड बनाउन अरुसँग पनि सहकार्य गर्नेछ ।

यस्तै रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सीईओ माधव शेठले नेपाली बजारको लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् । माधव शेठको कुशल नेतृत्वका कारण रियलमी ब्राण्ड भारतका साथै चेक रिपब्लिक र ग्रीसमा उत्कृष्ट चारमा पर्न सफल भएको छ भने भारतमा फाइभजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत छ ।

काउन्टरप्वाइन्टका अनुसार भारतमा मात्र पाँच करोडभन्दा बढी उपभोक्ताका साथ तीव्र गतिमा यसको माग भएको देखिन्छ । रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सीईओ माधव शेठले रियलमीको उल्लेख्य यात्राको क्रममा नेपाल एक नयाँ आयाम भएको बताए । नेपाली बजारमा नवीनतम प्रविधिका उत्पादनहरु उत्कृष्ट मूल्यमा नेपाली उपभोक्ताहरुमाझ प्रस्तुत गरी उल्लेखनीय सफलता हासिल गर्नेमा कम्पनी विश्वस्त रहेको उनको भनाइ छ ।

शंकर ग्रुपका प्रबन्धनिर्देशक साहिल अग्रवालले नेपाली बजारका लागि रियलमीका वितरकका हिसाबले कम्पनीले नेपाली उपभोक्तामाझ नवीनतम प्रविधिका उत्पादनहरु मितव्ययी मूल्यमा ल्याउनसक्ने अपेक्षा लिएको बताए । रियलमीले नवीनतम प्रविधि सबैको पहुँचमा पु-याउने लक्ष्यका साथ मध्यमदेखि प्रिमियम मूल्य श्रेणीमा नेपालमा आफ्ना उत्पादनहरु प्रस्तुत गर्नेछन् ।

यस सहकार्यले विश्वको बढ्दो स्मार्टफोन बजारमा अत्याधुनिक प्रविधि, नवीनतम उत्पादन, उपभोक्ता सेवा र असाधारण बजार विस्तारको महत्वाकांक्षालाई विकास गर्न मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ । काउन्टरप्वाइन्टको अध्ययनअनुसार स्मार्टफोनको विश्व बजारमा, यस वर्ष रियलमीको बिक्री १३५ प्रतिशतले बढेको र पहिलो वर्षका दोस्रो त्रैमासिक रिपोर्टअनुसार यस वर्ष यसको बिक्री १७ प्रतिशतले बढेको छ । जसअनुसार कुल १० करोडभन्दा बढी बिक्री भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x