Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु


काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) र नेपाल विज्ञापन संघ (आन)बीच सहकार्य सुरु भएको छ । आइतबार आनको कार्यालय शान्तिनगरमा आयोजित समारोहमा इम्सनका अध्यक्ष सीताराम विलासी र आनका अध्यक्ष सोमप्रसाद धितालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार दुवै संस्थाले आफ्ना हरेक कार्यक्रम दुवैतर्फका सदस्य संस्थाहरूको सक्रिय सहभागिता गराउने, विज्ञापन व्यवसायीले विज्ञापन गर्दा आर्थिक न्युज पोर्टलसहित आर्थिक मिडियाहरूलाई प्राथमिकता राख्ने, आर्थिक मिडियाले पनि विज्ञापन व्यवसायीलाई प्राथमिकतामा राखेर व्यावसायिक साझेदारी गर्ने वातावरण बनाउने, विज्ञापन बजारको विस्तार र विकृति न्यूनीकरणका लागि संयुक्त रुपमा पहल गर्नेछन् ।

विशेषगरी बहुराष्ट्रिय कम्पनीहरूले अन्य मुलुकको तुलनामा नेपालमा निकै न्यून मात्रै खर्च गरी ठूलो रकम फिर्ता लैजाने तथा दुरुपयोग गर्ने गरेको, सामाजिक सञ्जालमा अवैधरुपमा विज्ञापन गर्ने प्रवृत्ति मौलाएको, जनताको सूचनाको मुख्य माध्यम न्यून पोर्टलहरू बन्नुका साथै पत्रकार तथा कर्मचारीको ठूलो संख्या यही क्षेत्रमा प्रवेश गरिसकेको अवस्थामा यस्ता न्युज पोर्टलमा विज्ञापन गर्न आनाकानी गर्ने प्रवृत्ति रहेकाले यस्ता खालका विकृति हटाउन इम्सन र आनले आगामी दिनमा संयुक्तरुपमा प्रयास गर्ने भद्र सहमति भएको छ । समझदारी कार्यक्रममा इम्सन र आनका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x