Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवीरगञ्जमा निटको टायल्सको आकर्षक शोरुम

वीरगञ्जमा निटको टायल्सको आकर्षक शोरुम


वीरगञ्ज । वीरगञ्जमा निटको टायल्सको फ्रेन्चाइजिजमा आकर्षक शोरुम खुलेको छ । निटको कम्पनीका टायल्स र मार्बलको शोरुमको प्रदेश २ का ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित पानीट्यांकीको मूल गेटअगाडि पर्सा मार्बल एण्ड टाइल्स प्रालिले निट्कोे कम्पनीका टायल्स र मार्बलको शोरुम सञ्चालनमा ल्याएको छ । शोरुम सञ्चालनसँगै वीरगञ्जमा निर्माण भइरहेका घर तथा होटलमा चाहिने राम्रो टायल्स र मार्बलका लागि भारत, काठमाडौं अन्य स्थानमा जानु नपर्ने भएको छ । यसअघि टायल्स र मार्बलका लागि दिल्ली अथवा काठमाडौं जानुपर्ने बाध्यता थियो ।

निट्कोे कम्पनीको भारत तथा विश्वमा आफनो छुट्टै पहिचान रहेको छ । पर्सा मार्बल एण्ड टाइल्स प्रालिका प्रतिनिधि सौरभ चौरसियाले प्रदेश नं. २ मै पहिलो पटक भारतको टप फाइभभित्र पर्ने निट्को टाइलको फ्रेन्चाइज शोरुमको सञ्चालनमा आएको बताए । उनका अनुसार घर निर्माण हुने सम्पूर्ण सामग्री जस्तै मार्बल, ग्रेनाइट, टाइल्स, सेनेटरी आइटम, छड, सिमेन्टलगायतका सामग्रीको बिक्री वितरण हुनेछ ।

निट्कोे कम्पनीका लागि नेपालका सिनियर रिजनल म्यानेजर उत्तम रिमालले निटको टायल्स एण्ड मार्बल्स वीरगञ्ज बजारमा नयाँ फड्को मार्ने बताए । विश्वमा टायल्स एण्ड मार्बल्सको बजारमा निट्कोे कम्पनी विश्वस्तरीय रहेको र इन्टेरियर डिजाइनर तथा आर्किटेक्चरहरुको पहिलो रोजाइ रहेको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया