Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजेट प्रतिस्थापन विधेयकमार्फत डण्डी उत्पादन र उत्पादकलाई प्रोत्साहन

बजेट प्रतिस्थापन विधेयकमार्फत डण्डी उत्पादन र उत्पादकलाई प्रोत्साहन


काठमाडौं । नेपाल रोलिङ्ग मिल्स एसोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत डण्डी उत्पादकलाई प्रोत्साहन गरेको बताएको छ । सोमबार राजधानीमा नेपाल रोलिङ्गमिल्स एसोसिएसनले एक कार्यक्रम गर्दै सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत जारी नयाँ प्रावधानले नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्नुको साथै औद्योगिक वातावरण बनाउन सहयोग गर्ने बताएको हो ।

यस्तै एसोसिएसनले स्वदेशभित्रै बिलेट उत्पादन गर्न कच्चापदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शून्यमा झार्नु स्वागतयोग्य कदम भएको बताएको छ । यसले देशभित्रै कच्चापदार्थमार्फत बिलेट उत्पादनगर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादनगर्न सकिने र यसले देशभित्रै लगानी विस्तार गर्न, भविष्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्नेछ । बजेटमा आएका नयाँ व्यवस्थाले स्वदेशी पुँजी र सीपमार्फत देशभित्र थप छ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुने विश्वास एसोसिएसनले लिएको छ ।

कोभिड १९ बाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई यसले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरिनबाट बचाउनुका साथै सरकारलाई समेत राजस्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने एसोसिएसनको ठहर छ । सरकारले बजेटमार्फत डण्डी बनाउन चाहिने बिलेट स्वदेशमा नै उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चापदार्थ स्पन्जको भन्सार शून्य गर्नुले देशभित्रै उद्योगहरुले लगानी विस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर हुनेछ ।

नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादन भइरहेको विद्युत्को खपतलाई पनि सहयोग गर्दछ । उत्पादन भइरहेको विद्युत् खपत नहुने चिन्ताका बीचमा विद्युत् खपत बढाउनेछ । यसले आगामी दिनमा स्वदेशी डण्डी उद्योगहरुले नयाँ आयोजनाबाट उत्पादन हुने तीन हजार मेगावाट विद्युत्लाई खपत गर्न समेत सहयोग पु¥याउने एसोसिएसनका अधिकारीहरुको भनाइ छ । एसोसिएसनका अनुसार विद्युत् खपत गर्ने मात्र नभई यसले हाल स्टील उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रुपैयाँ समेत स्वदेशभित्रै रहनेछ र यसले अन्य उद्योगहरुमा थप लगानी गर्न सकिनेछ ।

हाल नेपालमा करिब १६ लाख टन वार्षिक बिलेट उत्पादनको क्षमता छ र जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुने गरी उद्योग सञ्चालन गर्न सकिनेछ । र छिटै नै १० लाख टन बिलेट उत्पादन हुने गरी उद्योग विस्तार तथा योजना बनाउन सकिनेछ । यसका साथै स्वदेशभित्रै पूर्णरुपमा बिलेट उत्पादन गर्दा सर्वसाधारण ग्राहकहरुले सिधै लाभ पाउनेछन् । कच्चापदार्थबाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादनगर्न सकिएको खण्डमा यसले ग्राहकहरुले किन्ने डण्डीको लागत घट्ने र ग्राहकरुलाई सस्तो हुन्छ ।

नेपालजस्तो भूकम्पीय जोखिम भएको मुलुकमा सरकारले तोकेको मापदण्ड र न्यूनतम गुणस्तरमा प्रतिबद्ध हुँदै नेपाली उद्योगहरुले स्वदेशभित्रै डण्डी उत्पादन गर्दै आएका छन् । स्वदेशमा नै उत्पादन गरिने बिलेटबाट तयार हुने डण्डीहरु उच्च गुणस्तरीय र मजबुत हुने हुँदा यसले नेपाली निर्माण क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने एसोसिएसनले जनाएको छ ।

यसैबीच एसोसिएसनको नाममा केही समूह तथा व्यक्तिहरुले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेकोमा यस एसोसिएसनको गम्भीर आपत्ति रहेको जनाएको छ । एसोसिएसनको नाममा त्यस्ता गतिविधिहरु नगर्न र कसैले पनि सो बारेमा भ्रामक धारणा नबनाउन आग्रह गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया