शाओमी नेपालद्वारा अल राउन्ड सुपरस्टार रेडमी १० प्राइम सार्वजनिक
काठमाडौं । शाओमीले आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइमको साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ । रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ । यसले ९० हट्र्जको ६.५ इन्चको एफएचडी प्लस एडप्टिभ सिन्क डिस्प्लेको प्रस्तुत गर्दछ । पातलो डिजाइनको साथमा यो शक्तिशाली छ हजार एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध छ ।
कम्पनीका अनुसार यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ । यसले अस्थायी रूपमा दुई जीबीसम्मको ¥याम स्मार्टफोन स्टोरेजमा स्टोर गर्न मद्दत गर्दछ । रेडमी १० प्राइममा ५० मेगापिक्सेल अल्ट्रा हाई रिजोलुसनको मेन क्यामेरा रहेको छ । साथै यसमा आठ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । साथै यसमा आठ मेगापिक्सेलको सेल्फी क्यामेराको साथ उपलब्ध छ । यो उपकरणले फोटोग्राफी र भिडियो शटहरुमा फ्लेयर जोड्ने स्टाइलिस फिल्टरहरुको सूटलाई प्याक गर्दछ । यसमा इमेज प्रोसेसिङलाई थुप्रै रोचक सुविधाहरु जस्तै पोट्रेट मोड फिल्टरका साथ अझ इन्हान्स्ड गरिएको छ । यो मोडका साथ, प्रयोगकर्ताहरुले मात्र दुई चरणमा पोट्रेट फोटोहरु क्लिक गर्न सक्नेछन् । कन्टेन्ट क्रिएटररहरुलाई इमेजको विभिन्न पक्षहरु अन्वेषण गर्न र त्यहीअनुसार क्रप, ब्युटिफाई, इमेजको सेटिङलाई मिलाउन, यो एक इन–बिल्ट एडिटरका साथ उपलब्ध छ ।
यस्तै रेडमी १० प्राइममा एक ठूलो ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ । यसले सिमलेस स्क्रोलिङ र आँखालाई मोहित बनाउने दृश्य प्रदान गर्नको लागि ९० हट्र्जको रिफ्रेस रेट प्रस्तुत गर्दछ । एडप्टिभ सिन्क टेक्नोलोजीसँग जोडिएको, रेडमी १० प्राइमले कन्टेन्ट फ्रेम रेटको पहिचान गर्दछ र कन्टेन्ट फ्रेमसँग मिल्ने डिस्प्ले रिफ्रेश रेटलाई परिवर्तन गर्दछ । रेडमी १० प्राइमले १२ न्यानोमिटरको प्रोसेस टेक्नोलोजीमा निर्मित मिडियाटेक हेलियो जी ८८ को डेब्यु गरेको छ । लाइटनिङ फास्ट जीपीयूको उपयोग गर्दै, रेडमी १० प्राइमले शक्तिशाली हार्डवेयर र अझ उच्चस्तरको सुविधाहरुका साथ मोबाइलको प्रदर्शनलाई पूरै नयाँ उचाइमा लगेको छ । ओक्टा–कोर सीपीयूले दुई आर्म कोर्टेक्स–ए ७५ सीपीयू २ गिगाहट्र्जसम्म र ६ आर्म कोर्टेक्स–ए ५५ कोर छिटो र उत्तरदायी मल्टिटास्किङ अपरेसनको लागि १.८ गिगाहट्र्जसम्म सञ्चालन गर्दछ । यो माली जी ५२ सीपीयूको साथ पेयर गरिएको छ जसले एक उच्च फ्रिक्वेन्सीमा सञ्चालित ३० प्रतिशत अधिक ऊर्जा दक्षतासँग यसको योभन्दा पहिलो संस्करणकोे तुलनामा हाई एन्ड प्रदर्शनको प्रस्तुति दिन्छ ।
यसबाहेक, प्रोसेसर हाइपरइन्जिन गेम टेक्नोलोजी २.० का साथ उपलब्ध छ । यस टेक्नोलोजी फ्ल्युड गेमिङ एक्सपेरियन्सकोे लागि स्मुथ गेमप्लेसँग लगातार प्रदर्शन प्रदान गरेर गेमिङ अनुभवको बढावाको लागि डिजाइन गरिएको हो । प्राइम सिरिजको सबैभन्दा नयाँ मेमोरी एक्सटेन्सन एक अपग्रेडेड सुविधाको साथ आउँछ, जसले प्रयोगकर्ताहरुलाई चार जीबीको भेरियन्टलाई एक जीबीले बढाउन तथा छ जीबीको भेरियन्टलाई दुई जीबीले बढाउन मद्दत गर्दछ । रेडमी १० प्राइम एक शक्तिशाली छ हजार एमएएच ब्याट्रीको साथ उपलब्ध छ, जुन नियमित काम गर्ने परिस्थितिअनुसार सजिलै दुई दिनसम्म टिक्न सक्दछ । यो स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ र प्रयोग गर्न र खल्तीमा बोक्न अतिसहज छ । यसले १८ वाटको फास्ट चार्जिङलाई समर्थन गर्दछ र यो बट्टाबाहिर रहेको २२.५ वाटको चार्जरको साथ उपलब्ध छ । साथै यो स्मार्टफोनले नौ वाटको रिभर्स्ड वायर्ड चार्जिङलाई सपोर्ट गर्दछ ।
कम्पनीका अनुसार यो स्मार्टफोन अहिलेसम्मकै एमआईयूआईको राम्रो संस्करण १२.५ को साथमा उपलब्ध छ । कोर सिनको मेमोरीलाई २० प्रतिशतले घटाउँदै र बिजुलीको खपतलाई १५ प्रतिशतले घटाउँदै लैजान्छ । नयाँ इभोलको डिजाइनलाई कायम राख्दै, रेडमी १० प्राइमले एक परिष्कृत नयाँ रूप प्रदान गरेको छ । यो स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ । कम्पनीका अनुसार यो ३ वटा आकर्षक रंगहरुमा एलिगेन्ट बन्चको लागि फ्यान्टम ब्ल्याक, मिनिमलिस्टको लागि एस्ट्रल ह्वाइट र विशेष रंग बिफ्रोस्ट ब्लूमा उपलब्ध छ । साथै यसमा डेडिकेटेड माइक्रो एसडी कार्ड स्लटका साथ दुईवटा सिम कार्डको साथ उपलब्ध छ । यसलाई ३.५ मिलिमिटरको अडियो ज्याक, साइड माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर र आईआर ब्लास्टरसँग ल्याइएको छ । साथै, यो उपकरण एक स्प्ल्यास प्रुफ न्यानो कोटिङका साथ सुरक्षित गरिएको छ ।
रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ४जीबी+६४जीबी (१ जीबीले बढाउन सकिने -याम) भएको स्माटफोनको नेपाली मूल्य २० हजार नौ सय ९९ रुपैयाँ र ६ जीबी+१२८ जीबी -याम (२ जीबीले बढाउन सकिने -याम) भएको स्मार्टफोनको नेपाली मूल्य २३ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया