Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिट्रन सी ५ एयरक्रस नेपाली बजारमा

सिट्रन सी ५ एयरक्रस नेपाली बजारमा


काठमाडौँ । फ्रेन्च मोटर कम्पनी पुज्योटको नेपालका लागि अधिकारिक बिक्रेता सांग्रिला मोटर प्राइभेट लिमिटेडले अर्को लोकप्रिय उत्पादन सिट्रनको बिक्री प्रारम्भ गरेको छ । यसअघि पुज्योटको बिक्री सांग्रिला मोटर प्रालिले सन् २०१७ देखि नेपालमा गर्दै आएको थियो । सिट्रन मोटर विगत सय वर्षभन्दा बढी समयदेखि उत्पादनमा आई सवारीसाधनको क्षेत्रमा नयाँ इतिहास बनाएको छ ।

कम्पनीका अनुसार सिट्रनको स्थापना सन् १९१९ मा भएको थियो । सन् १९३४ सिट्रनले सर्वप्रथम ट्राक्सन एभान्ट मोडलको कारबाट मोटरजगत्मा सर्वप्रथम फ्रन्ट ह्विल ड्राइभ र फोर ह्विल इन्डिपेन्डेन्ट सस्पेन्सनजस्तो आधुनिक प्रविधि भित्र्याएको थियो जुन वर्तमानमा सबै कारमा जडान हुन्छ । सिट्रनकोे शोरुम अहिले थापाथलीमा राखिएको छ, जुन फ्रेन्च भाषामा घर भनिने ‘ला मेजोँ’ कलामा आधारित छ । यो नेपालमा भएका अरु शोरुमको तुलनामा आफ्नै मौलिकतायुक्त छ । सिट्रन सी ५ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्रन एसयूभी हो । सी५ एयरक्रसलाई १.६ लिटर पेट्रोल इन्जिनले शक्ति प्रदान गर्दछ जसले १६५ एचपी पावर र २४० एनएमको टर्क प्रदान गर्दछ । सिट्रनको सबैभन्दा मुख्य विशेषता यसको आरामदायी सवारी हो । यसमा यात्रा गर्नेलाई अत्यन्त आरामदायी अनुभव गराउँछ जसलाई कम्पनीले फ्लाइङ कारपेटको संज्ञा दिएको छ ।

साथै सी५ एयरक्रसको अग्रिम बुकिङ प्रारम्भ भएको छ । हालको मूल्य एक करोड ३५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यही कम्पनीको सिट्रन सी३ गाडी भारतमा तयार भई सन् २०२२ को पहिलो चौमासिकमा र फ्रान्समा बनेको सी ४ ईभी गाडी सन् २०२२ को मध्यतिर नेपाली बजारमा आउनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया