Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा

विराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा


विराटनगर । विराटनगरसहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ । विराटनगर–काठमाडौंका लागि सुविधासम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो ।

बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर – काठमाडौँको लागि एक हजार सात सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ । यसका सवार यात्रुका लागि कम्पनीले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउनेछ ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामग्री किटमा समावेश गरिएको हुन्छ । किट उपलब्ध गराएबापत यात्रुले छुट्टै रकम बुझाउनुपर्नेछैन । किटमा पानी, ग्लोब्स, मास्क र केही रुघाखोकी लाग्दा सेवन गर्ने औषधिहरु समावेश गरिनेछ । सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रालिमार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन् । १० करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको बुलेट बसमा हवाइजहाजको जतिकै सुविधा रहेको दाबी गरिएको छ । यात्राको लागि यात्रुले अनलाइन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने व्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समूहले २७ सिटर बस २/१ सोफा लक्जरी सिटसहितको बसहरु सञ्चालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बसभित्रै हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया