Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी सी २१ वाई नेपाली बजारमा

रियलमी सी २१ वाई नेपाली बजारमा


काठमाडौँ । रियलमीले राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफिकेट प्राप्त पहिलो फोन रियलमी सी २१ वाई सार्वजनिक गरेको छ । उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम उत्कृष्ट फिचरका साथ सी २१ वाई स्मार्टफोन ल्याएको हो । यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा छन् । यसैगरी एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, १२ एनएम ओक्टाकोर प्रोसेसर र पाँच हजार एमएएच ब्याट्री पनि उपलब्ध छ । कम्पनीले रियलमी सी २१ वाई युवापुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील स्मार्टफोन भएको बताएको छ।

टीयूभी राइनल्याण्डले सबैतर्फको व्यवसाय, सुरक्षा र गुणस्तर राख्ने विश्वास राख्छ । सन् २००६ मा टीयूभी राइनल्यान्ड दीगोपनको प्रवद्र्धन र भ्रष्टाचारविरुद्धको लडाइँका लागि संयुक्त राज्य वैश्विक उत्पादनको सदस्य बनेको थियो । टीयूभी राइनल्यान्ड उच्च विश्वसनीय सर्टिफिकेटले विद्युतीय सामग्रीका ग्राहकलाई उच्च गुणस्तरीय सामान प्रदान गर्नुका साथै विश्वका मुख्यबजारमा उद्योगको मापदण्ड पूरा गर्ने प्रबन्ध गर्छ ।

सी २१ वाईले जुम गर्नसक्नुका साथै पीडीएफ अटोफोकसको पनि समर्थन गर्छ । फोटो दिनको उज्यालोमा मात्रै नभएर मधुरो र अँध्यारो वातावरणमा पनि चम्किलो, कलरपूर्ण र स्पष्ट खिच्न सक्छ । पिक्सलस्तर नक्सा अंकित अल्गोरिथमद्वारा क्रोम बढाउन पनि यसले मद्दत गर्छ । ब्राइटनेस र कलरले फराकिलो दायरामा उत्कृष्ट स्क्रिन कन्ट्रास्ट र भिभिड कलर्सको सुविधा दिएका छन् । सेल्फी क्यामेराले ट्रेन्ड सेटिङ्ग फोटोग्राफीका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट मोड र फिल्टर डिजाइन समर्थन गर्दछ।

अनुपात ८९.५ प्रतिशत बढी हुनुका साथै स्लेन्डर अनुपात २०ः९ रहेको छ। जसकारण यो सामाजिक सञ्जाल चलाउन तथा स्क्रोल गर्न पनि धेरै सहज र उत्कृष्ट छ। सी २१ वाई शक्तिशाली गेमिङ सफ्टवेयरका लागि अक्टा–कोर १२ एनएमप्रोसेस रहेको छ । इन्टेरियरमा युनिसोक टी ६१० प्रोसेसरका साथ रियलमी सी २१ वाई यो सेग्मेन्टकै बलियो स्मार्टफोनका रुपमा आएको छ। युनिसोक टी ६१० एक अक्टाकोर १२ एनएम प्रोसेसर हो, जुन १.८ गिगाहर्जसम्म छ । सीपीयु १–८ गेजाहर्जमा ए७५ एस र १.८ गिगाहर्जमा ६ पावर सेभिङ ए ५५ कोर गरी दुई उत्कृष्ट प्रदर्शनीलाई सम्बोधन गर्छ । जीपीयु शक्ति प्रभावकारी मालीजी५२ मा उपलब्ध छ, जुन ६१४.४ मेगाहर्जसम्म पुग्नसक्छ।

रियलमी सी २१वाई अल्ट्रा फास्ट फिङ्गगरप्रिन्ट अनलकले गर्दा फोन सुरक्षित राख्नेछ । रियलमी सी २१ वाई अल्ट्रा फास्ट फिङ्गगर प्रिन्ट अनलक समर्थन गर्दछ, जुन सेकेन्डमै अनलक हुनसक्छ भने फेस रिकग्नेसन अनलक पनि यसले समर्थन गर्दछ। जसकारण एकैपटक छुनेबित्तिकै सुरक्षित माध्यमद्वारा अनलक हुन्छ । फिङ्गगरप्रिन्ट र फेस रिकग्नाइज सुविधा भएकाले जो कोहीले फोन अनलक गर्न सक्दैन र तपाईँको फोनमा भएका डेटा सुरक्षित रहन्छन् । यसैगरी रियलमी सी २१ वाईमा ३ कार्ड स्लट छन्, जसमा डबल सिम राख्न सक्नुका साथै र एउटा २५६ जीबीसम्मको एसडी कार्ड राखेर मेमोरी दायरा बढाउन सकिन्छ। यो नीलो र कालो गरी रियलमी सी २१ वाई ब्याट्री रिजर्भ चार्जिङसहितको ५ हजार एमएएच ब्याट्री र सुपर पावर सेभिङ मोडमा उपलब्ध छ ।

यसले ट्रेन्डसेटिङ्ग ट्रिपल क्यामेरा र ५ एमपी सेल्फिक्यामेरा अपग्रेड गरेको छ। यसमा युनिसोक टी६१० १२ एनएम प्रोसेसर, ६.५ इन्च एचडी प्लस मिनि फुलस्क्रिन, फिङ्गरप्रिन्ट सेन्सर र एक एसडी कार्डसहितको तीन स्लटलगायतका सुविधा छन् । कालो र नीलो दुई कलरमा एक ज्यामितीय कला डिजाइनमा यसको डिजाइन गरिएको छ। चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोडभन्दा बढी रियलमीको प्रयोगकर्ता छन् । यस्तै पछिल्लो समय रियलमी प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढ्दै गएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया