मिनिसोको दशैँ तिहार अफर भाग्यमानी ग्राहकलाई हिराको हार
काठमाडौँ । हरेक वर्षजस्तै यस वर्ष पनि मिनिसोले दशैँ तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैँ तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफरअन्तर्गत एक हजार पाँच सय ९९ सय रुपैयाँँभन्दा माथिको सामान खरिद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहकमध्ये एक जना भाग्यशाली विजेताले हिराको हार प्राप्त गर्नेछन् । ऊर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ ।
यो अफर नेपालभर रहेका मिनिसोका शोरुममा लागू हुनेछ । नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यमानी विजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिए । ‘अफरले मिनिसोप्रति ग्राहकको आकर्षण अझै बढ्ने हामीले विश्वास लिएका छौँ’, उनले भने । लक्की विजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । ‘मिनिसोमा सपिङ गरेका अन्य सयौँ ग्राहकले दैनिकरुपमा आकर्षक उपहार प्राप्त गर्नेछन्’, तण्डुकारले भने । मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउटफिट्र्स, ब्याग्गिटलगायत अन्य ब्राण्डहरु छन् ।
कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनललगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान मिनिसो शोरुममा उपलब्ध छन् । उच्च स्तरीय जापानीज ब्राण्ड, सुपथ मूल्यलगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसोप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको तण्डुकारले बताए । मिनिसोको शोरुमहरु काठमाडौं, चितवन, पोखरा, विराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया