फोटोन मोटर्सले दशैँको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प सञ्चालन गर्ने
काठमाडौं । फोटोन मोटर्सले आफ्नो ग्राहकलाई दशैँको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस एण्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना गर्ने भएको छ । यही असोज १७ देखि असोज २२ गतेसम्म फोटोन मोटर्सका ग्राहकले फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्पको लाभ उठाउन पाउनेछन् ।
फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक हप्तासम्म चल्ने उक्त योजना फोटोन मोटर्सका सम्पूर्ण प्रकारका गाडीहरुको फ्रि सर्भिसिङ हुने कम्पनीका सर्भिस हेड विदेश मानसिंह डंगोलले जानकारी दिए । उक्त अवधिभर फोटोन गाडीका ग्राहकहरुले फोटोन जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेन्ट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअपमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ । यसका साथै क्याम्पमा फोटोन गाडीसम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा विभिन्न प्रकारका आकर्षक गिफ्ट दिनेछ ।
नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल १६–सिट क्षमताको भ्यान भ्यु सीएस२, १५–सिट क्षमताको भ्यान भ्यु सी२ र विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया