Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराष्ट्र बैंकको परिपत्रप्रति चेम्बरको ध्यानाकर्षण

राष्ट्र बैंकको परिपत्रप्रति चेम्बरको ध्यानाकर्षण


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको परिपत्रअनुसार निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि परिपत्र गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिएपछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा सुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने भनी दिएको निर्देशन स्वागतयोग्य रहेको चेम्बरको भनाइ छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेसियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै व्यवस्थाअनुरुप सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम गर्न चेम्बरले माग गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया