Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुल्ला

‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुल्ला


काठमाडौं । शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, टीभीएस मोटर कम्पनीको नेपाली युवालक्षित एक सय २५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।

सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलोपटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध गरिएको छ । जगदम्बा मोटर्स प्रालिले नयाँ टीभीएस रेडरका लागि आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको जानकारी समेत दिएको छ ।

नयाँ बाइक सार्वजनिकको अवसरमा बोल्दै, टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस, अध्यक्ष, आर डिलिपले कम्पनीले नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन नयाँ सौगातका रुपमा एक सय २५ सीसी क्षमताको टीभीएस रेडर नेपालमा सार्वजनिक गरेको बताए । नेपाल कम्पनीको लागि विशेष प्राथमिकता बोकेको बजारका रुपमा रहेको समेत उनको भनाइ थियो । युवा उपभोक्ताहरुले टीभीएस रेडरको विशिष्ट राइड क्यारेक्टरलाई मन पराउनेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।

कम्पनीका अनुसार टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रवर्तनात्मक डिजाइन, पृथक् र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ । साथै यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दह्रिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ । टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटी पनि प्रदान गर्छ । यसमा विशेष डिजाइनसहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र इनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन् ।

यस्तै टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी इन्जिनको प्रयोग गरिएको छ । यसले छ हजार पाँच सय आरपीएममा ११.५ एनएम टर्क र आठ हजार आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको एक्सिलिरेसन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ ।

कम्पनीले यसमा ग्यास चाज्र्ड फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्सन, लो फ्रिक्सन फ्रन्ट सस्पेन्सन र स्प्लिट सिट, पाँच स्पिड गियरबक्स र १७ इन्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभव पनि प्राप्त हुन्छ । यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फुटपेग्सलगायत मेकानिकल विवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखी डिजाइन गरिएका छन् । कम्पनीका अनुसार टीभीएस रेडरको विकास यात्रुको आरामदायी र सहजतालाई विशेष ध्यानमा राखी गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया